महिलामाथिकाे भेदभाव २०३० सम्म अन्त्य गर्ने ८० राष्ट्रकाे प्रतिवद्धता
लैङ्गिक समानताका लागि विकास प्राथमिकतामा राख्न विश्वभरका राष्ट्रप्रमुखलाई राणाकाे आग्रह
महिला खबर
काठमाडौं,असोज ११ । लैङ्गिक समानता र सशक्तिकरण कार्यका लागि प्रतिवद्धता बिषयक अन्तर्राष्ट्रिय सम्मेलन संयुक्त राष्ट्रसंघमा सम्पन्न भएको छ । चीन र यूएन वाेमेनको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा ८० भन्दा बढि देशका राष्ट्रप्रमुखहरूको सहभागिता रहेको थियो ।
विभिन्न देशबाट सम्मेलनमा सहभागि भएका नेताहरुले महिला विरुद्धको भेदभाव २०३० सम्ममा अन्त्य गर्नका लागि मापनयोग्य कार्यक्रम आ–आफ्नो देशमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपालको तर्फबाट राष्ट्र संघीय महासभामा बोल्दै बन्दना राणाले लैङ्गिक समानता विकासको प्राथमिकताको केन्द्रमा राख्न विश्वभरका राष्ट्रप्रमुख र नेताहरूलाई आग्रह गर्नुभयो ।
राणाले विकासको ‘एजेण्डा २०३०’ द्धारा लक्षित परिवर्तन हासिल गर्न महिलाको आर्थिक आधारलाई सम्बोधन गर्नुपर्ने, शान्ति स्थापना र निर्णायक तहमा महिला सहभागिता बढाउनु पर्ने, महिलाविरुद्धका हिंसा तथा सबै प्रकारका सामाजिक कुप्रथा निर्मुल पार्नुपर्ने कुरालाई प्राथमिकताका साथ सम्बोधन गर्न जरुरी भएको बताउनु भयो । उहाँ नेपालको नागरिक समाजको तर्फबाट सम्मेलनमा सहभागि हुनुभएको हो । बन्दना राणा यूएन उमन र विश्व नागरिक समाजको सल्लाहकार पनि हुनुहुन्छ ।
यसैगरी नेपालको तर्फबाट सम्मेलनमा बोल्दै उप–प्रधानमन्त्रि प्रकाश मान सिंहले भर्खरै जारी भएको नेपालको संविधानमा प्रावधान भए अनुसार नेपालमा लैङ्गिक समानता हासिल गर्ने प्रतिवद्धता जनाउनु भएको साथीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति २०७२ असोज ११ गते सोमवार
Comment Here!