यौन दुर्व्यवहार गर्ने शिक्षकलाई एघार वर्ष कैद


प्रकाशित मिति :2015-09-29 10:42:17

महिला खबर
पर्वत, असोज १२ । विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक बम बहादुर खत्रीलाई जिल्ला अदालत पर्वतले ११ वर्षको जेल सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले खत्रीलाई कैद सजाय तथा पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

प्रधानाध्यापक खत्रीले आफ्नै विद्यालयमा अध्ययनरत ६, ७ र ९ वर्षका तीन बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीले असार १८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । खत्री सोही अभियोगमा पुर्पक्षका लागि थुनामा थिए ।

बालिकालाई एकान्तमा बोलाएर यौन दुर्व्यवहार गर्ने गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरे पछि खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति २०७२ असोज १२ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: