महिला खबर
धनकुटा, असोज १२। आमाको हत्या गरेर बाबु जेल परेपछि अभिभावकविहीन भएर विचल्लीमा परेका धनकुटाका तीन बालिकालाई एसओएस बालग्राम इटहरीले उद्धार गरेको छ ।
धनकुटा नगरपालिका चाम्जिबुङका रस्तबहादुर राईले १५ दिने सुत्केरी श्रीमती ३२ वर्षीया शान्ति राईलाई गत भदौ ३१ गते राति कुटपिट गरी वीभत्स तरिकाले हत्या गरेको थिए ।
आमाको हत्या गरेर फरार भएका बाबुलाई प्रहरीले पक्राउ गरेपछि अभिभावक विहीन भएका १० वर्षीया छोरी रितुसहित उनकी एक वर्षे र २५ दिनकी दुई बहिनीको विचल्ली भएको थियो ।
जिल्ला बाल कल्याण समितिको पहलमा विचल्लीमा परेका बालिकालाई सोमबार एक कार्यक्रमको आयोजना गरी सञ्चारकर्मीलगायत अधिकारकर्मीको रोहवरमा इटहरीस्थित एससोएस बालग्रामलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले विचल्लीमा परेका बालिकालाई उद्धार गरिएका भन्दै एसओएस बालग्रामलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा बालग्राम इटहरीका निर्देशक गोविन्द मास्केले बालबालिकालाई आफ्नै घरजस्तो वातावरणमा पालनपोषण र शिक्षा दिने वचन दिनुभयो ।
थप समाचार…..
तेश्रो पटक पनि छोरी नै जन्माएको भन्दै १५ दिनकी सुत्केरी श्रीमतीको विभत्स हत्या
सुत्केरी श्रीमती हत्या गर्ने पक्राउ
प्रकाशित मिति २०७२ असाेज १२ गते मंगलवार
Comment Here!