महिला खबर
कैलाली,असोज १२ । समाजमा हुने थुप्रै खाले विभेद हटाउन महिलालाई सशक्त बनाउनुपर्ने महिला विकास कार्यालय कैलालीकी प्रमुख हरिप्रिया बलले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘समाजमा हुने विभेद र थिचोमिचो अझै हट्न नसकेकाले त्यसको अन्त्यका लागि महिलालाई शसक्त बनाउने आवश्यक छ ।’ बलले महिलालाई सामाजिक, राजनीतिक र आर्थिक रुपमा सबल बनाउनु पर्नेमा जोड दिँदै यसमा पुरुषको भूमिका पनि सकारात्म हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले दलित महिला अझ बढी पछाडि परेकाले दलित महिलालाई विशेष प्राथामिकताका साथ अघि बढाउनका लागि आफु र आफ्नो कार्यालय लागि परेको दाबी गर्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख दिलिप चन्दले महिलाको जीवनमाथि उकास्नका लागि आफ्नो कार्यालयले विभिन्न सीपहरू दिँदै आएको बताउनुभयो ।
साना उद्योगहरू सञ्चालन र यसको दर्ता प्रकृयाका बारेमा जाकारी दिँदै उहाँले दलित महिला आर्थिक रुपमा पछाडि परको भन्दै साना तथा घरेलु सिपका माध्यमबाट अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।
प्रकाशित मिति २०७२ असोज १२ गते मंगलवार
Comment Here!