निर्मला ठकुराठी
काठमाडौं, असोज १२ । राष्ट्रिय समाचार समीतिले हालै स्थायी नियुक्त गरेका ३० जना पत्रकार तथा कर्मचारीमा ६ जना महिला पत्रकार परेका छन् । लामो समयदेखि राष्ट्रिय समाचार समितिमा काम गर्दै आएका पत्रकारबीच आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरिएको समितिका नायब महाप्रबन्धक निर्मला आचार्यले जानकारी दिनुभयो ।
उहाँले महिलालाई प्रोत्साहन तथा सहयोगका लागि आफू सँधै लागि पर्ने पनि बताउनुभयो । उँहाले समाचार संकलनका लागि बाहिर जान महिलालाई सँधै प्रोत्साहन गर्ने बताउनुभयो । कर्मचारी नियुक्ति प्रक्रियामा भने महिलाले प्रतिस्पर्धा गरि ३३ प्रतिशतमा पर्नुपर्ने उँहाको भनाइ छ । अहिलेको नियुक्तिमा पनि धेरै अगाडिदेखि काम गर्दै आएका पत्रकार तथा कर्मचारी नै प्रतिस्पर्धाबाट छनौट भएका उँहाले बताउनुभयो ।
स्थायी नियुक्तिमा पर्नुभएकी पत्रकार कालिका खड्काले स्थायी जागिर भएकाले अबका दिनमा काम गर्न धेरै सहयोग हुने प्रतिक्रिया दिनुभयो । उँहाले आफ्नो बिटमा रहेर खोजमुलक पत्रकारिताका लागि प्रोत्साहन हुने बताउनुभयो ।
प्रकाशित मिति २०७२ असाेज १२ गते मंगलवार
Comment Here!