एचआइभी संक्रमित बालबालिकालाई छात्रबृत्ति


प्रकाशित मिति :2015-09-30 10:16:31

टीकापुर अस्पतालमा सञ्चालित एआरटी सेवामा हाल ६ सय २० जना संक्रमितले एआरटी सेवा लिइरहेका छन् । जसमा महिलाको संख्या ३ सय ५० जना रहेको छ । बन्दका कारण केही बिरामीले औषधी सेवन गर्न पाएका छैनन् भने दुई महिनादेखि सिटी फोर सेवा बन्दनै छ ।

दुर्गा देवकोटा

टीकापुर,असोज १३ । एचआईभी संक्रमितका समस्या र समाधानका लागि टीकापुरमा भएको समन्वयात्मक छलफल कार्यक्रममा बोल्दै जानकीले रोग लुकाउनु भन्दा खुलेर आफ्ना समस्या राखेमा सहयोग लिन सकिने बताइन ।

टीकापुर नगरपालिका बन्दीपुरकी जानकीले आफ्ना बच्चालाई बोडिङ स्कुलले दिएको छात्रबृत्तिमा पढाउँदै आएको सुनाइन । एचआइभी संक्रमितहरू लुकेर बसेकाकारण पनि संक्रमित र संक्रमितका बालबालिकाले सेवा पाउन नसकेको उनको भनाइ छ । उनले अस्नेहरीमा रहेको आइएमइ बोर्डिङ स्कुलमा आफू एचआइभी संक्रमित भएकाले मासिक शुल्क तिरेर पढाउन नसक्ने बताएपछि सात कक्षामा पढ्ने छोरीलाई स्कुलले निशुल्क शिक्षा दिएको छ ।

दुर्गौली लायकपुरकी गिताले संक्रमित बालबालिका र संक्रमित आमाबुवाका सन्तानलाई निशुल्क शिक्षा, कापी कितावको व्यवस्था गर्न सके शिक्षा आर्जन गर्न सजिलो हुने बताइन । गिताले भनिन्–‘एचआइभी संक्रमित भनेपछि समाजले हेर्ने दृष्टिकोण समेत नराम्रो भएका कारण संक्रमित महिलालाई संघ संस्थाले आयआर्जन हुने खालको सहयोग गर्न जरुरी छ ।’

जनजागृति उच्च मावि सितापुर टीकापुरकी प्राचार्य ललिता शाहीले आफ्नो विद्यालयमा संक्रमित भनेर कसैले सुविधा नलिएको बताउ“दै संक्रमित र तीनका बालबालिका अध्ययन गर्न आएमा अन्य विद्यार्थीको तुलनामा उनीहरूलाई छात्रबृत्ति लगायतका क्षेत्रमा बढी प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गरिन ।

बालकल्याण संघ टीकापुरद्वारा संचालित सिमा पारीसम्म एचआइभी एड्स सचेतना कार्यक्रम अन्र्तगत नवजीवन एकता समाज मार्फत् अमूल्य एकता सहयोगी समूहले संक्रमितको जीवनस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा छलफल चलाएको हो ।
कार्यक्रममा बोल्दै अमूल्य एकता सहयोगी समूहका अध्यक्ष जगत भण्डारीले आफूहरूले गतवर्ष टीकापुर नगरपालिकाबाट पाएको रकमले २७ जना संक्रमित महिलालाई आयआर्जनमा सहयोग पुगाउने उद्देश्यले बाख्रा वितरण गरेको जानकारी दिए ।

भण्डारीले भने ‘संक्रमित बालबालिकाको शैक्षिक सहयोग होस् भनी टीकापुरका तीन वटा होटलमा सहयोग पेटिका समेत राखेका छौं ।’ टीकापुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख देवी प्रसाद आचार्यले टीकापुर नगरपालिका र रेडक्रस उपशाखा टीकापुरको संयुक्त पहलमा संक्रमितलाई उपचार सहयोग गर्ने उद्देश्यले एक लाख बढी रुपैयाको उपचार कोष स्थापना भएको बताए ।

बालकल्याण संघका निर्देशक अजय आनन्द शर्माले भने ‘बालकल्याण संघले संक्रमितलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक लाख अनुदान दिएको हो । अब संक्रमितहरू खुलेर आउन जरुरी छ र एकले अर्काको समस्यामा साथ दिन जरुरी छ ।’

टीकापुर अस्पतालमा संचालित एआरटी सेवामा हाल ६ सय २० जना संक्रमितले एआरटी सेवा लिइरहेका छन् । जसमा महिलाको संख्या ३ सय ५० जना रहेको अमूल्य एकता सहयोगी समूहका अध्यक्ष जगत भण्डारीले बताए ।
भण्डारीले बन्दका कारण केही विरामीले औषधी सेवन गर्न नपाएको बताउँदै दुई महिनादेखि सिटी फोर सेवा भने दिन नसकिएको बताए ।

प्रकाशित मिति २०७२ असोज १३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: