धरानमा एक वर्षमा १० जना बालिका बलात्कृत


प्रकाशित मिति :2015-09-30 10:48:20

रमला सिंगक

सुनसरी, असोज १३ । सुनसरीमा एक वर्षको अवधिमा १० जना बालिका बलात्कृत भएका छन् । बलात्कार घट्नामा संलग्न १७ जना अहिले पुर्पक्षका लागि थुनामा छन् । ६ जना अझै फरार रहेका छन् ।

धरानस्थित इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो बलात्कार घट्नामा संलग्न तेनु शेखलाई जेल चलान गरिएको छ । भारतको पश्चिम बंगाल खुशिदरवार घरभई धरान १५ बाझगरा डेरा गरी बसेर कवाडी बिक्रि गर्दै आएका शेखले सात वर्षीय बालिकालाई पाँच रुपैयाँ दिएर बलात्कार गरेका थिए ।

यसअघि धरानमै सात वर्षीय बालिकालाई आफ्नै दाइ पर्ने केशव गिरीले डर त्रास देखाएर एक महिनासम्म बलात्कार गरेको प्रमाणित भएपछि जेल चलान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुदनकुमार सिजापतिले बताउनुभयो ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार बलात्कार घटनामा संलग्न मध्ये धरान १७ बस्ने २३ वर्षीय अमिर राई, १७ वर्षीय प्रितेस लिम्बू, २४ वर्षीय आकास लिम्बू, १७ वर्षीय सिमन राई, धनकुटाको बेलहारा ४ बस्ने २२ वर्षीय विटु राई, भेडेटार २ बस्ने १७ वर्षीय विकेश राई, भोजपुरको भैंसेपाखा २ घर भई धरान बस्दै आएका २० वर्षीय विपिन राई अहिले जेलभित्र छन् । उनीहरूले धरानकी एक किशोरीलाई सामुहिक बलात्कार गरेका थिए ।

dharanko pic

यसैगरी बलात्कार घट्नामा संलग्न धरान १८ बस्ने ५१ वर्षीय दिलमान शाहीले १५ वर्षीय बालिकालाई बलात्कार गरेपछि दुई महिना अघि जेल चलान गरेको प्रहरीले जनाएको छ । सुनसरीको इनरुवामा घर भई धरानमा बस्दै आएका ३२ वर्षीय साजिद अन्सारी, धरान ११ बस्ने ४० वर्षीय बलबाहादुर थापा, झापा टाघनडुव्वा घर भई धरान बस्दै आएका ३८ वर्षीय कमल संजेल, धरान १६ बस्ने ३४ वर्षीय शंकर विक, धरान २२ बस्ने ५३ वर्षीय राधाप्रसाद श्रेष्ठ, धनकुटा घर भई धरान २२ बस्दै आएका ३१ वर्षीय रविन सुव्वा पनि जेलमै छन् ।

किशोरी बलात्कार घट्नामा संलग्न भएपनि हालसम्म फरार हुनेमा धरान १७ बस्ने २० वर्षीय देव लिम्बु, १९ वर्षीय सुजन राई, १८ वर्षीय अनमोल लिम्बु, १७ वर्षीय आशिस लिम्बू, १६ वर्षीय सिमन लिम्बु र १७ वर्षीय अमिर राईलगायत छन् । उनीहरूको खोजी भइरहेको छ ।
बालिका बलात्कार घटनापछि पीडित र उसका आफन्तले न्यायको माग गर्दै इलाका प्रहरी कार्यालयमा दिएको उजुरीको संख्या हेर्दा समाजमा बालिकामाथि असुरक्षा दिनप्रतिदिन बढेको छ ।

तथ्यांक अनुसार बलात्कृत हुने बालिका १४ वर्ष मुनिका छन् । ती मध्ये तीन जनाको उमेर सात वर्ष मात्र रहेको छ ।

प्रहरी नायव उपरिक्षक सिजापतिका अनुसार बलात्कार घटना बढेको नभई बलात्कारीले दिएको डरत्रास धम्कीको परवाह नगरी उजुरी गर्ने र घटना सार्वजनिक गर्ने शिलशिलामा बृद्धि भएको छ । सवै बलात्कार घटनामा चिनेजानेकाहरू नै संलग्न देखिएको सिजापतिले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बलात्कार आफैमा जघन्य अपराध हुँदाहुँदै पनि समाजमा बलात्कारका घटना बढनुमा पुरुषमात्र जिम्मेवार देखिएका छैनन् । परिवर्तित सामाजिक र पारिवारिक जीवन शैली, यौनमा आएको विकृति, पुरुषहरूमा बढ्दो अपराधिक मानसिकतामा पनि कारक जिम्मेवार रहेको छ ।’

प्रकाशित मिति २०७२ असोज १३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: