‘जिरो होम डेलिभरी’ अभियानमा बैतडी


प्रकाशित मिति :2015-09-30 12:21:00

महिला खबर

बैतडी, असोज  १३ । २०७४ सालभित्र पूर्ण संस्थागत सुत्केरी (जिरो होम डेलिभरी) जिल्ला बनाउने अभियानअन्तर्गत अहिले बैतडीका विभिन्न गाविस तथा वडालाई ’जिरो होम डेलिभरी’ घोषणा गर्न सुरु गरिएको छ ।

‘पूर्ण संस्थागत सुत्केरी हाम्रो ऐक्यबद्धता, यसलाई निरन्तरता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लाको दक्षिणी क्षेत्रमा रहेको उदयदेव गाविसका पाँचवटा वडालाई  मङ्गलबार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । एक वर्षयता गाविसका वडा नं ३, ४, ५, ६ र ८ मा सम्पूर्ण गर्भवतीले स्वास्थ्य संस्थामा बच्चा जन्माएकाले ती वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्र महताले बताउनुभयो ।

कुनै पनि महिलाको बच्चा जन्माउन नसकेकै कारण ज्यान नजाअाेस् भन्ने उद्देश्यले जिल्लाभरि सो अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो । बैतडीको कुलाउ गाविसलाई दुई वर्षपहिला नै पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको थियो ।

प्रकाशित मितिः २०७२ असाेज १३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: