गाउँमा सेवा विस्तारको नतिजाः जन्माउने भन्दा गर्भपतन धेरै


प्रकाशित मिति :2015-10-01 09:25:40

रमला सिंगक

सुनसरी, असोज १४ । इलाममा सन्तान जन्माउने भन्दा अनिच्छित गर्भपतन गर्ने महिलाको संख्या बढेको छ । आइपास नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा इलामको १२ वटा गाउँमा सुरक्षित गर्भपतन सेवा विस्तार भएपछि जन्माउने भन्दा गर्भपतन गर्ने महिलाको संख्या धेरै देखिएएको हो ।

इलाममा एकवर्षको अवधिमा १ हजार ७७ जना प्रसुति सेवा मार्फत बच्चा जन्माएका छन् तर सोही समय अवधिमा १ हजार ४ सय ५० जनाले सुरक्षित गर्भपतन गरेका छन् । दुर्गम गाउँका दम्पतीले अनिच्छित गर्भ नरहोस भन्नका लागि गर्भनिरोधक साधनमा पनि पहँुच नपुगेको र सुरक्षित गर्भपतन बारे पर्याप्त जनचेतना समेत नभएको यो तथ्यले उजागर गरेको छ ।

गाउँसम्मै यस्तो सेवा विस्तार गर्दा अनिच्छित गर्भपतन गर्ने महिलाको संख्या बढेको हो । सदरमुकाम इलामको मातृ स्वास्थ्य शिशु क्लिनिक, मंगलबारे, पशुपति नगर, फिक्कल, साखेजुङ, चुलाचुली, जीतपुर, बांझो, कोल्बुङ, माइमझुवा, चिसापानीलगायतमा सुरक्षित गर्भपतन सेवा विस्तार गरेपछि अनिच्छित गर्भपतन गर्ने महिलाको संख्या एक्कासी बढेको जिल्ला स्वास्थ्य कार्यालय इलामकी पव्लिक हेल्थ नर्स सरिता लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँस्तरमै अनिच्छित गर्भलाई सुरक्षित रुपमा गर्भपतन गर्ने सेवा विस्तार गर्दा दुर्गम गाउँका महिलाले पनि सेवा लिएको तथ्याङ्क हेर्दा इलाममा जन्माउने भन्दा गर्भपतन गर्ने बढी भएको हो ।’
आइपास नेपालका केदार भण्डारीले अनिच्छित गर्भपतनलाई नकारात्मकरुपमा लिन नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ सुरक्षित गर्भपतन गर्ने सेवा सुविधा गाउँस्तरमा नहुँदा कतिपय महिला जोखिम मोलेर आफ्नै तरिकाले गर्भपतन गराउने र त्यसो गर्दा उनीहरूको ज्यानसमेत जाने गरेको छ ।’ आइपास नेपालका अनुसार इलाममा १६ वर्षदेखि ४५ वर्ष उमेरका महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।

स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरमै कार्यरत स्वास्थ्यकर्मीहरूलाई सुरक्षित गर्भपतनको तालिम दिएकाले अनिच्छित गर्भपतन गराउन गाउँका महिलालाई सहज भएको हो । स्वास्थ्य केन्द्रमा सात हप्तासम्मको गर्भ पतन गराइन्छ । गर्भपतनका लागि औषधी सरकारले उपलव्ध गराउँदै आएको छ  ।

इलाममा  आर्थिक वर्ष ०७०/०७१ मा मेरीस्टोप्स सेन्टरबाट ३ सय ८ जनाले र आर्थिक वर्ष ०७१ /०७२ मा ३ सय ८२ जनाले सुरक्षित गर्भपतन गरेका थिए । यसैगरि परिवार नियोजन संघबाट गत वर्ष ५ सय ७० जनाले र चालु आर्थिक वर्षको ५ महिनामा ३ सय ८ जनाले गर्भपतन गराएका छन् ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार गर्भपतनको पहुँच नभएका ५० प्रतिशत  महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । ‘विश्वमा वर्षेनी २० करोड ८० लाख महिला गर्भवती हुन्छन्, आइपास नेपालका कार्यक्रम संयोजक भण्डारीले भने, ‘ती मध्ये ४१ प्रतिशतमा अनिच्छित गर्भ बस्ने र त्यसको ५४ प्रतिशतले गर्भपतन गराउँदा आधाले असुरक्षित गर्भपतन गराउँदै आएका छन् ।’ असुरक्षित गर्भपतनतको जोखिमबाट महिलालाई जोगाउन नेपालको ३१ जिल्लाका गाउँगाउँमा सुरक्षित गर्भपत सेवा विस्तार भएको भण्डारीले बताउँछन् ।

प्रकाशित मिति :२०७२ असााेज १४ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: