तेब्बर भाडा तिर्दा पनि यात्रु खुसी


प्रकाशित मिति :2015-10-01 10:47:57

खेमा बस्नेत

कैलाली, असोज १४ । कैलालीमा लामो समयदेखि विभिन्न पक्षको बन्दका कारण जनजीवन प्रभावित हुँदै आएको छ । सवारी साधनहरू नचल्दा सर्वसाधारणहरू कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । धनगढी फुलवारी सडकखण्डमा नियमित सवारीका साधनहरू नचल्दा विकल्पको रुपमा चल्दै आएका अटो रिक्सामा चर्को भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।

रिक्साले बसको भन्दा तेब्बर भाडा लिने गरेको यात्रु बताउँछन् । दिनभर हिडेरै यात्रा गर्नुभन्दा पछिल्लो समयमा विकल्पको रुपमा भित्रिएको अटो रिक्सामा महँगो भाडा तिर्दा पनि सर्वसाधारण भने खुशी नै छन् । पैदल दिनभरी हिड्नुभन्दा दुईचार रुपैयाँ बढी दिनु नै बेस हुने यात्रु बताउँछन् । ‘छोरी विरामी छ, उपचार गराउन धनगढी ल्याउनुपर्ने थियो । बस बन्द छन् ।’ कैलालीको फुलबारी स्याउले निवासी शर्मिला शर्माले भनिन् ‘बसको सट्टा तेब्बर भाडा तिररे अटो रिक्सामा आए ।’ उनले हिडेर आउनु भन्दा बसभन्दा तेब्बर भाडा तिर्न पनि कनज्युस्याइँ नलागेको उनी बताउँछिन् ।

12083811_822930741138565_1844969289_n

धनगढीदेखि फुलबारीसम्म १४ किलोमिटरको दुरीमा बसले ५० रुपैयाँ भाडा लिने गरेको छ । यातायातका साधन बन्द भएपछि हाल सो रुटमा अटो रिक्साले सेवा दिँदै आएका छन् । अटो रिक्साले धनगढी फुलबारी भाडा १ सय ५० लिने गरेको यात्रु बताउँछन् ।
‘भनेको वेला साधन पाईदैन, नहुँनुभन्दा बढी तिर्नु नै बेस भो नी त ’ स्थानीय कृष्णा चौधरीले भनिन् ‘आपत परेको वेला पैसा भन्दा काम ठूलो देखिन्छ ।’

कैलालीमा सिमाङकन मुद्धालाई लिएर विगत डेढ महिनादेखि बन्द हड्ताल हुँदै आएको छ । जसले गर्दा निर्वाध रुपमा सवारी साधन चल्न नसक्दा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । असोज ११ गते मात्रै थरुहटका कार्यकर्ताले धनपा ७ वेली बजार धनगढी फुलवारी रुटमा चल्ने नगर बसमा आगजनी गरेपछि झनै त्यो रुटमा यातायात ठप्प छ ।

धनगढी फुलवारीमा यातायातका साधन ठप्प भएपछि फुलबारी, हसुलिया, गदरीया,उर्मा, पवेरा लगायतका गाविसका मानिसहरूलाई असहज भएको छ । सिमित मात्रामा चल्ने अटो रिक्सा समेत पर्याप्त नभएपछि सर्वसाधारणहरू अझ समस्या खेप्दै आएका छन् ।
‘फुलबारीबाट धनगढी जान निकै समस्या छ’ फुलबारी डिपो निवासी सरस्वती खड्काले भनिन् ‘आउँदा जादा अटोले २ सय रुपैयाँ लग्छ । त्यो पनि भनेको समयमा पाइदैन् ।’

12063945_822930084471964_756654492_n

बस नचल्दा सुत्केरी, विरामी, बालबालिका, मजदुर र विपन्न वर्गलाई बढी समस्या भएको उनले बताइन् । धनगढीदेखि फुलबारी रुटमा अहिले दैनिक ७ दर्जनबढी रिक्सा सञ्चालित छन् । ती रिक्साले दैनिक २ हजार मानिहरूलाई सेवा दिने गरेको अटो रिक्सा चालक सागर चौधरीले बताए । उनले एक रिक्सामा एक पटकलाई ७ जनालाई बोक्ने गरेको बताए । फुलबारी लगायतका ग्रामिण क्षेत्रका मानिसहरू स्वास्थ्य उचार, प्रसुतिसेवा, बैकिङ सेवा र सरकारी कामकाजको लागि दैनिक धनगढी आउने गदर्छन् ।

मिति २०७२ असोज १४ बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: