राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कारबाट ४ पत्रकार महिला पुरस्कृत


प्रकाशित मिति :2015-10-01 13:52:49

महिला खबर

काठमाडौं, असोज १४ । यो वर्षको राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार २०७१ बाट २९ जना पत्रकार सम्मानित हुने भएका छन् । सम्मानित हुनेमा चार जना पत्रकार महिला रहेका छन् ।
नेपाल पत्रकार महासंघ र शिक्षा विभागले प्रदान गर्ने पुरस्कारबाट कोकीला खड्का केःसी दि हिमालयन टाइम्स, गगनशीला खड्का नयाँपत्रिका, मन्दिरा थापा नेपाल टेलिभिजन र पार्वती चौधरी कान्तिपुर एफ.एम बाट रहेका छन् । गगनशीला खड्का सञ्चारिका समूह गुल्मी शाखाको वर्तमान अध्यक्ष हुन ।
महासंघ र शिक्षा विभागले प्रदान गर्ने ७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार (२०७१) यस पटक ३ जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
महासंघले शुक्रवार जारी गरेको विज्ञप्ती अनुसार शिक्षा क्षेत्रको विकासका लागि समाचार, सुचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिस्पर्धा आधारमा प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति २०७२ असोज १४ गते  बिहीवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: