थारु आन्दोलनको अग्रमोर्चामा महिला


प्रकाशित मिति :2015-10-01 14:36:24

महिला खबर

नेपालगन्ज, असोज १४ । प्रदेश सीमाङ्कनको विरोधमा पश्चिम तराईमा डेढमहिनादेखि जारी थरुहट आन्दोलनको अग्रमोर्चामा महिला देखिएका छन् ।थरुहट संयुक्त संघर्ष समितिले सुरु गरेको राजमार्ग केन्द्रीत आन्दोलनको अग्रमोर्चामा महिला देखिएका छन् । राजमार्ग ठप्प पार्न बर्दियाको मैनापोखरमा थारु महिला सडकमा उत्रिएका छन् ।

थारु महिला छाता ओढेर सडकको बीच भागमा उभिएर अवरोध गर्ने गरेका छन् । बिहीवार पनि बर्दियाको मैनापोखर लगायतका स्थानमा महिला सडकमा उत्रिएका छन् ।‘थारु मेहरु आन्दोलनके लागि मैनापोखर जैना बा’ थारु महिला मैना पोखरमा आन्दोलनमा जाऔ भन्दै गाउँको चौकीदारले आह्वान गर्ने गरेकोले आन्दोलनमा महिलाको सहभागिता बढेको स्थानीय जोगरानी थारुले बताउनुभयो ।

करिव दुईसातादेखि थारु महिलाले मैनापोखरमा आन्दोलन गर्दै आएका छन् । उनीहले गर्दै आएको अवरुद्ध खुलाउने क्रममा वुधवार मैनापोखरमा झडप समेत भएको छ । प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि सडक खुलाउन सदरमुकामबाट प्रहरी उपरीक्षक गोविन्दराम परियारको नेतृत्वमा गएको टोलीमाथि ढुंगामुढा भएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरले जानकारी दिनुभयो ।

घटनामा आन्दोलनकारी तर्फ भगनदैया थारु, ओमकुमारी थारु, शिवरानी थारु, लक्ष्मी थारु, लिलावती थारु र सितली थारु ररहेको थरुहट संघर्ष समिति बर्दियाका प्रवक्ता देवमान चौधरी जानकारी दिनुभयो। घटनाकाक्रममा बजारमा तरकारी किन्न गएकी रेखा विक पनि गम्भीर घाईते हुनुभएको छ ।

घटनामा सशस्त्र प्रहरीका हवल्दार नरजङ्ग रोका, प्रहरी हवल्दार तिर्थराज गिरी, प्रहरी जवान गीता चौधरी पनि घाईते भएका छन् ।
थरुहट थारुवान संयुक्त संघर्ष समितिले बुधवारदेखि दाङसहित तराईका २२ जिल्लामा अनिश्चितकालिन राजमार्ग केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।

प्रकाशित मिति २०७२ असोज १४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: