हरेक वर्ष ५ लाख महिलाको स्तनक्यान्सरका कारण मृत्यु


नेपालमा हरेक वर्ष पाँच हजार नयाँ रोगी थपिन्छन्

प्रकाशित मिति :2015-10-01 14:54:20

महिला खबर

ललितपुर, असोज १४। पछिल्लो समय महिलामा स्तनक्यान्सर ठुलो समस्याको रुपमा देेखिन थालेको चिकित्सकहरूले बताएका छन्। स्तन क्यान्सर महिलामा हुने दोस्रो ठुलो रोगका रुपमा देखिएको नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका अध्यक्ष डाक्टर सुजिता हिराचनले बताउनु भएको छ। महिलालाई सवै भन्दा धेरै लाग्ने क्यान्सर पाठेघरको हो

dr-suzita-small

तर, पछिल्लो समयमा पाठेघरको क्यान्सरका बारेमा जनचेतना व्यापक हुँदै गएको र  त्यही अनुसार कार्यक्रम पनि आइरहेकोले स्तनक्यान्सर पहिलो हुन सक्ने जोखिममा रहेको महिला खबर डट कमसँग कुराकानी गर्दै डाक्टर सुजिता हिराचनले बताउनुभयो।

‘पाठेघरको क्यान्सरका बारेमा अहिले समुदायस्तरमा पनि व्यापक चेतना छ। पाठेघरको समस्या आएमा महिला खुल्न थालेका छन्। तर, स्तनक्यान्सरका बारेमा महिला त्यति सचेत छैनन्। अनि खुल्न पनि सकेको छैनन्’ अध्यक्ष हिराचन बताउनुहुन्छ।

नेपालमा कति महिला स्तनक्यान्सरबाट पीडित छन् भन्ने यकिन तथ्यांक त छैन तर, प्रत्येक वर्ष ५ हजारलाई स्तनक्यान्सर देखा पर्ने डा. हिराचनको भनाइ छ।

विश्व स्वासथ्य संगठनका अनुसार हरेक वर्ष संसार भरी १५ लाख स्तनक्यान्सरका नयाँ विरामी थपिने गरेका छन्। भारतमा हरेक २७ जना महिलामा १ जनालाई स्तनक्यान्सर हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसैगरि चीनमा १६ जनामा एक जना, अमेरिकामा ८ जना मध्ये १ जनालाई स्तनक्यान्सर हुने गरेको छ।

नेपालको तथ्याङ्क पनि  अन्य एशियाली देश कै हाराहारी भएको डा. हिराचन बताउनुहुन्छ। संगठनका अनुसार विश्वभरी वर्षेनी ५ लाख महिलाको स्तनक्यान्सरका कारण मृत्यु हुने गरेको छ। स्तनक्यान्सरबाट पुरुष एक प्रतिशत मात्रै जोखिममा रहेको छन्।

बेलायतमा गरिएको एक अध्ययन अनुसार राती धेरै काम गर्ने महिलामा स्तनक्यान्सरको जोखिम धेरै भएको देखिएको छ। ढिलो विवाह गर्ने, ढिलो बच्चा जन्माउने, बच्चालाई थोरै दुध खुवाउने वा दुध नखुवाउने महिलालाई स्तनक्यान्सरको जोखिम धेरै हुने डा. हिराचन बताउनुहुन्छ। उहाँका अनुसार खानपान, तनाव, छिटो रजस्वला भई ढिलो राकिने महिलामा पनि स्तनक्यान्सरको जोखिम उच्च रहेको छ। परिवारनियोजनका साधनहरू पिल्स चक्की र अन्य हार्मोन चक्की प्रयोग गर्ने महिलामा पनि स्तनक्यान्सर हुने धेरै सम्भावना रहेको छ।

बिभिन्न अध्ययनहरूले महिलामा ५० वर्ष नाघेपछि स्तनक्यान्सर हुने सम्भावना बढी देखिएपनि नेपालमा भने युवावस्थाका महिलालाई नै स्तनक्यान्सर धेरै देखिएको फाउण्डेसनका अध्यक्ष डा. हिराचनले बताउनुभयो ।

स्तन क्यान्सरको बढदो जोखिमलाई मध्येनजर गर्दै अक्टुवर महिनामा विश्वर भरी स्तनक्यान्सरविरुद्धका बिभिन्न चेतनामुलक कार्यक्रम गरिन्छ। जसलाई पिङ्क रिवन अभियान भनिन्छ। नेपालमा पनि यो अभियान बिभिन्न कार्यक्रम गरी मनाइदैछ। नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनले आउँदाे शनिवार ३ अक्टुवर विहान ७ बजे स्तनक्यान्सका बारेमा चेतनामुलक र्‍याली निकाल्ने जनाएको छ।

प्रकाशित मितिः २०७२ असाेज १४ गते बिहीवार

तस्बिरहरूः नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनकाे फेसबुकबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: