महिला खबर
धनकुटा,असोज १४ । धनकुटाको डाँडाबजार बस्ने ३२ वर्षीय कालिबहादुर याक्खाले आफ्नै भाउजु ३४ वर्षीया मोतिमाया याक्खालाई बुधवार राती भाला प्रहार गरी हत्या गरेका छन् ।
मृतक मोतिमायाका श्रीमान ताराबहादुर याक्खा वैदेशिक रोजगारीका क्रममा मलेसिया गएपछि एउटै घरमा पाँच वर्षीया छोरीसंगै देवर, भाउजू बस्दै आएका थिए । देवरले भाउजूको हत्या गर्नुको कारण खुल्न भने सकेको छैन । हत्या किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रवक्ता विमल बस्नेतले बताउनु भयो ।
भाला प्रहारले मोतिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिब ८ बजे घटना भएलगत्तै डाँडाबजार अस्थायी प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक मोहितकुमार यादवको नेतृत्वमा गएको टोलीले घटनास्थलबाट हत्यामा प्रयोग भएको भाला सहित देवर काली बहादुरलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति २०७२ असोज १४ गते बिहीवार
Comment Here!