शिक्षिका मृत फेला


प्रकाशित मिति :2015-10-02 10:58:34

महिला खबर

बाग्लुङ, असोज १५ । बाग्लुङ जिल्ला हुग्दिशिर गाविसमा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छन् । हुग्दिशिर गाविसको सर्वोदय मावि बरेङकी शिक्षिका तारा श्रीस सोमबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रीसको शव भाटिको छेउ स्थित फोहोर फाल्ने खोल्सामा दुर्गन्धित अवस्थामा फेला परेको थियो । असोज ४ गतेदेखि सम्पर्कमा नरहेकी श्रीसको आठ दिनपछि शव फेला परेको प्रहरीको भनाइ छ ।

श्रीसको शव पोष्टमाटर्मका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ ल्याइएको र उनको हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान जारी रहेकोे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले बताउनु भयो ।

प्रकाशित मिति २०७२ असोज १५ शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: