उदयपुरका अस्पतालमा आइरन चक्कि अभाव


प्रकाशित मिति :2015-10-02 11:24:12

सुमित्रा कोइराला

उदयपुर, असोज १५ । लगातारको बन्दका कारण उदयपुरका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई अति आवश्यक  आइरन चक्किको अभाव  भएको छ ।  साथै नियमित गर्भ परिक्षण र सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा जान निकै समस्या भएकोे छ ।

लगातारको बन्दका कारण जिल्ला अस्पताल उदयपुरमा आईरन चक्कि सकिएकाले गर्भवती महिलालाई निकै समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका उदयपुरका प्रमुख डा.चुमनलाल दासले बताउनुभयो ।

जिल्ला अस्पतालमा हुने आकस्मिक शल्यक्रियाका लागि पनि समस्या भएको छ । यातायात नचलेका कारण विराटनगर धरान लगायतका ठाँउहरूवाट मोटरसाईकलको प्रयोग गरी औषधी र अत्यावश्यक सामान ल्याउने गरेकाले भने जति औषधी ल्याउन नपाउदाँ समस्या हुने गरेको, जिल्ला अस्पतालमा सुत्केरी गराएको महिलाहरुको लागि जिल्ला अस्पतालवाट आईरन चक्कि दिन नसक्दा सुत्केरी महिलाको स्वास्थ्यमा समस्या आउन सक्ने डा. दासको भनाई छ ।

४० गाविस र ३ नगरपालिका रहेको उदयपुरमा जम्मा ३० वटा वर्थिङ सेन्टर छन् भने प्रहरी स्वास्थ्य क्लिनिक र सामुदायिक स्वास्थ्य संस्था गरी ५२ स्वास्थ्य संस्था छन् । ओरेक उदयपुरद्धारा संचालित सामुदायिक क्लिनिकमा नियमित आइरन चक्कि र स्वास्थ्य जाँच गराउन आउने २८ जना गर्भवती महिलाले आईरन चक्कि खान पाएका छैनन् । टीवीका विरामीले नियमित खानुपर्ने औषधी उपलव्ध नभएका कारण औषधी खान पाएका छैनन् ।

 प्रकाशित मिति असाेज १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: