मधेशको जायज माग तत्काल वार्ताबाट सुल्झाऊ : महिला नेता


भारतीय हस्तक्षेपप्रति महिलाको कडा आपत्ति

प्रकाशित मिति :2015-10-02 12:06:21

एकराज गिरी

बिर्तामोड, असोज १५ । अघिल्ला संविधानको तुलनामा अहिलेको संविधान महिलामैत्री र अधिकतम् अधिकार समेटिएको भए पनि मुख्य मुद्दा छुटेकोे झापाका महिला नेताहरूले बताएका छन् ।

विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाको नेतृत्व तहमा रहेका झापाका महिलाले वार्ता र संविधान संशोधन मार्फत् मधेश र मधेशका महिलाका जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडमा संवाद समूहको सचिवालयको संयोजनमा भएको ‘महिला अधिकार तथा मधेशको सवालमा महिला नेतृत्वको दृष्टिकोण’ विषयक छलफलमा सहभागी महिला नेताहरूले त्यस्तो धारणा राखेका हुन् ।

मधेशको आन्दोलनतर्फ लक्षित गर्दै उनीहरूले वार्ता र संवादको विकल्प नभएको औंल्याए । राष्ट्रियताको सवालमा सबै नेपाली एक भएर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिए ।

घरभित्रको विषयमा भारतले गरेको हस्तक्षेपप्रति महिला नेताहरूले कडा आपत्ति जनाए । मधेशमा भइरहेको आन्दोलनको स्वरुप ठीक नभएको भन्दै उनीहरूले आन्दोलनरत पक्षका जायज मागलाई तत्काल वार्ता र संवादको माध्यमबाट सम्बोधन गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

उनीहरूले मधेशका महिला अन्य क्षेत्रको तुलनामा अझ बढी प्रताडित रहेको भन्दै शिक्षा, स्वास्थ्य लगायतको विषयमा गम्भीर बन्नुपर्ने बताए ।

आन्दोलनरत मधेशका दल र मोर्चाहरूलाई आन्दोलन छोडेर वार्ता र संवादलाई प्राथमिकता दिँदै समस्या समाधानमा अग्रसर हुन समेत झापाका महिला नेताहरूले अग्रह गरेका छन् ।

अन्तर पार्टी महिला सञ्जाल, नेवि संघ, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, एकीकृत माओवादी, अनेमसंघ क्रान्तिकारी, संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी र संघीय लिम्बुवान पार्टी नेपाललगायतका प्रनिधिहरूले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मितिः २०७२ असोज १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: