महिला खबर
बाजुरा, असोज १५ । कुल्देबमाण्डौमा रहेको टाटे स्वास्थ्य चौकीले गर्भवतीको नियमित जाँचको बारे सूचना दिन टेलिफोन सेवा सञ्चालन गरेको छ । गर्भवतीलाई गर्भ जाँच सम्बन्धि सचेत गराउन र स्वास्थ्य संस्थामा आउन पे्ररित गर्नका लागि यो सेवा सुरु गरेको टाँटे स्वास्थ्य चौकीका ईन्चार्ज दिपक शाहले जानकारी दिनुभयो । एकातिर सबैले स्वास्थ्य चौकीमा नियमित गर्भजाच र सुत्केरी सेवा लिनका लागि र सँगै कुल्देबमाण्डौ गाविसलाई पुर्ण संस्थागत सुत्केरीयुक्त गाबिस घोषणा गर्नका लागि यो अभियान सञ्चालन गरेको केन्द्रले जनाएको छ ।
स्वास्थ्य चौकीले टेलिफोन मार्फत गाविसका प्रत्येक गर्भवतीलाई महिलालाई नियमित गर्भ जाँच गराउन आग्रह गर्दै आएका छन् । सेवा सुरु भएपछि नियमित गर्भ जाँच गराउने महिलाको संख्यामा बृद्धि भएको स्वास्थ्य केन्द्रका अहेब बिष्णु जैशीले बताउनुभयो । ‘तोकिएको समयमा गर्भ जाँच गर्न नआएमा फोन गरेर बोलाएर सेवा दिने गरेका छाैं, अहेब जैशीले भन्नुभयो । गत आर्थिक वर्षमा स्वास्थ्य चौकीले स्वास्थ्य संस्थामा १ सय ६४ सुत्केरी गराउने लक्ष्य लिएकोमा १ सय ७२ जनाले सुत्केरी गराएको केन्द्रले जनाएको छ । यो सेवा सञ्चालन भएपछि गर्भ जाँच गराउने र संस्थागत सुत्केरी गराउनेको संख्यामा बृद्धि भएको छ ।
स्वास्थ्य चौकीले नियमित गर्भ जाँच गराउने गर्भवतीलाई प्रत्येक पटकमा एक केजी आयोडीनयुक्त नुन र दुईवटा अण्डा उपलब्ध गराउने गरेको छ । त्यस्तै स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक केजी घ्यू उपलब्ध गराउने गरेको ईन्चार्ज दिपक शाहले बताउनुभयो । यो आर्थिक वर्षमा गाविसलाई संस्थागत सुत्केरीयुक्त गाविस घोषणा गर्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य चौकीले गर्भवती महिलाको स्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुल्देबमाण्डौ गाविसलाई संस्थागत सुत्केरीयुक्त घोषणका लागि स्वास्थ्य केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय सुहाआराले सहयोग गरिरहेका छन् । गाविसमा आमा समूह, सुत्केरी महिला, स्वयंसेविका र अन्यसँग नियमित गर्भ जाँच, प्रसूति सेवा र अन्य स्वास्थ्य सम्बन्धि बिभिन्न क्रियाकलाप भईरहेको सुहाआरा बाजुराका कार्यक्रम प्रमुख जनक राज भट्टले जनाएका छन् । टाँटे स्वास्थ्य चौकीको तिन घण्टा टाढा रहेका कुल्देबमाण्डौ गाविसको ६ झालीमा सब बर्थिङ्ग सेन्टर स्थापना भएको छ । बर्थिङ्ग सेन्टर स्थापनाका लागि गाविस, स्थानिय, सुआहारा र जिल्ला स्वास्थ्य कार्यालयले सहयोग गरेको स्थानिय पुष्प कटुवालले बताउनुहुन्छ । यो आर्थिक वर्षमा कुल्देबमाण्डौलगायत कोल्टी, बह्रमतोला, डोगडी र आटिचौर गाविसमा समेत संस्थागत सुत्केरी युक्त घोषणा गर्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य प्रमुख डा. मोहन नाथले बताउनुभएको छ ।
प्रकाशित मिति असाेज १५ गते शुत्
Comment Here!