तरकारी खेतीबाट आत्मनिर्भर महिला


प्रकाशित मिति :2015-10-02 14:20:57

खेमा बस्नेत

कैलाली, असोज १५ । मालाखेती गाविस चौकीडाडा निवासी निर्मला साउँद केही वर्षसम्म तरकारी किने रै खान्थिन् । उनी मात्रै होइन्, उनको गाउँमा तरकारी आफै लगाएर खानुपर्छ भन्ने चेतनाको कमी थियो । किनेर पाइहालिन्छ भनेर स्थानीयहरू तरकारी खेतीलाई महत्व दिदैँनथे ।

साउँद पनि त्यहीकै बासिन्दा भएकोले उनलाई पनि व्यवसायिक तरकारी खेतीबाट आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने लागेको थिएन । तर आज छोटो समयको अन्तरालमा उनी तरकारी खेतीबाट आत्म निर्भर बनेकी छिन् ।
‘तरकारी लगाए पनि आफ्नै लागि मात्रै लगान्थ्यो । बारीको तरकारी नपुगेपछि नजिकैको बजारबाट किनेर खाइन्यो’ निर्मलाले भनिन् ‘तरकारी लगाउन थालेपछि तरकारी किन्नु परेको छैन् ।’

वल्र्डभिजन नेपालको सहयोगमा सिविओ विकास केन्द्रद्वारा सञ्चालित थ्री पिएम रियोजनाको प्राविधिक सहयोग पाएपछि पेशाले शिक्षिका समेत भएकी साउँद शिक्षिकाबाट सफल कृषक बनेकी हुन् ।
सुरुमा उनलाई तरकारी खेती गर्न मन थिएन । लगानी र प्राविधिक ज्ञानको अभावले तरकारी लगाएर आर्थिक उपार्जन गर्न सकिन्छ जस्तो पनि लागेको थिएन । थ्रीपिएम परियोनाकी सहजकर्ताले महिला कृषक समुह दर्ता गरे तरकारी खेतीको लागि किसिमका प्राविधिक सहयोग गर्ने, उत्पादित तरकारीलाई आफैले तरकारी व्यवस्थापन गरिदिने बताएपछि महिलालाई हौस्यायो ।

साउँदले महिला समूह बनाएर २०७१ सालबाट गाउँमा तरकारी खेती सुरू गरिन् । यस अघि सो गाउँमा आफ्नै प्रयोजन बाहेक व्यवसायीक तरकारी खेती शुन्य थियो ।
तरकारी खेती सुरू गर्नुपूर्व समूहका महिलाले कसरी सुरू गर्ने भनेर नडराएका पनि होइनन् तर विधि, प्रविधि र बजार पाउने आश्वासन पाएपछि उनीहरूले सुरू गरेरै छाडे ।

सुरूमा गाउँमा तरकारी किनेर खाने अवस्थाको अन्त्य गर्न उनीहरूले तरकारीमा आत्मनिर्भर बन्ने प्रयास गरे । त्यसको सफलतापछि उनीहरूले आफूसँग भएको बारीलाई सदुपयोग गर्दै व्यवसायीक तरकारी खेती गरे ।
तरकारी खेती गरियो । आफूले अपेक्षा गरिएभन्दा राम्रो उत्पादन पनि भयो । तर, यसअघि कहिल्यै तरकारी विक्री वितरण नगरेकी साउँदलाई भने तरकारी बारीबाट बजार पु¥याउन समस्या भयो । स्थानीय बाल विकास केन्द्रमा शिक्षण कार्य गर्दै आएकी उलाई क्यारेटमा तरकारी बेच्दा अरुले के भन्ला भनेर अप्ठेरो लाग्न थाल्यो ।

आफूलाई वेच्न लाज लागेपछि तरकारी पसल गर्दै आएकी आफ्नै महिला समुहकी सचिव जानकी कडायतलाई बेचिदिन आग्रह गरिन् । तर, तरकारी बेच्न अरूकै भर परेर पनि साध्य भएन । एक दिन जानकीले माइती जानुपर्ने भयो । अब कडायतको पसल समे सम्हाल्नु पर्ने बाध्यता निर्मलालाई आइलाग्यो ।
तरकारी बेच्न जाऊँ भने लाज लाग्ने नबेचौं मिहेनत र लगानी गरेको तरकारी सड्ने भयो’ निर्मलाले भनिन् –‘मेहनत खेर जानुभन्दा हिम्मत गरे, अब आफैले बेच्नुपर्छ ।’
सुरुमा तरकारी वेच्न अप्ठेरो लागेपनि अहिले निर्मलालाई आफ्नो कामप्रति गर्व महशसु भएको छ । उनले तरकारी बेचेरै मासिक राम्रो कमाई गरिरहेको बताइन् । एक कठ्ठा बारीमा लगाएको तरकारीबाट मासिक ६ हजार भन्दा बढीको तरकारी बेच्ने गरेको उनको भनाई छ ।
उनलाई तरकारीको लागि बजारको समस्या पनि छैन् । उनले तरकारीको लागि व्यापरीसंग ड्रिल गर्ने, क्यारेटमा हाली तरकारी लाने सबै काम आफै गर्छि्रन ।

उनीजस्तै चौकीडाँडाका धेरैजसो महिला समूह बनाएर तरकारी खेतीमा लागेका छन् । स–सानो आम्दानीबाट आत्म निर्भर बन्दै भएको महिला समूहकी सचिव जानकी कडायतले बताइन् । उनीहरूले तरकारी खेतीबाट ग्रामिण महिलामा आर्थिक स्तरमा परिवर्तन आएको दाबी गरिन् ।
घरपरिवारको आम्दानीलाई आशा गरेर बस्नु पर्ने अवस्था पनि तरकारी खेतीले हटाई दिएको महिला कृषकहरू बताउँछिन् । घरायसी खर्चदेखि केटाकेटीको पढाई खर्च समेत तरकारी विक्रीको आम्दानीबाट व्यहोर्ने गरेको उनीहरू बताउँछिन् ।

प्रकाशित मिति २०७२ असोज १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: