तराईमा शान्ति कायम गर्न मैथिली महिलाको माग


प्रकाशित मिति :2015-10-02 16:58:13

महिला खबर 

काठमाडौं,असोज १५ । तराईमधेशको आन्दोलनलाई वार्ताको माध्यमबाट समाधान गर्न मागगर्दै महिला शान्ति सञ्जालले आज काठमाडौंमा शान्ति र्‍याली निकालेको छ ।
शान्तिको कामना गर्दै निकालिएको र्‍यालीमा हिंसात्मक बाटो छोडेर वार्ताबाटै समस्याको हल निकाल्न राज्यपक्ष र आन्दोलनरत पक्षलाई सञ्जालले आग्रह गरेको छ ।

IMG_4231

मैथिली महिला समाजको अगुवाईमा भएको र्‍याली माइती घर मण्डलादेखि नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै सञ्जालका अध्यक्ष अञ्जला झाले तराईमधेशमा जारी आन्दोलनलाई राज्य र आन्दोलनकारीको नेतृत्वले गम्भीरतापूर्वक लिँदै परिस्थितिलाई अविलम्ब अन्त्य गर्नु जरुरी रहेको बताउनुभयो ।

उनले यस्तो संवेदनशील स्थितिमा महिलानै बढी मर्कामा पर्ने गरेको बताउनु भयो । झाले भन्नुभयो–‘आन्दोलनको फाइदा उठाउँदै अपराधिक गिरोहहरूले चलखेल सुरु गरिसकेका छन् । अपराधीहरूले यस्तो मौका छोपेर महिलामाथि हिंसा गरेका घटनाहरू पनि हामीसँग आएका छन् ।’

IMG_4234

कोणसभामा बोल्दै महिला मानवअधिकार रक्षकका संयोजक रुपा झाले भन्नुभयो ‘लामो समयदेखि चलिरहेको आन्दोलनले गाँस, बाँस र कपासको समस्या देखापर्दै गइरहेको छ, जसका कारण देशका सम्पूर्ण भागमा जन जीवन कष्टकर बनेको छ । त्यसैले समस्याको हल छिटोभन्दा छिटो खोजिनुपर्छ ।’उहाँले महिला मानवअधिकार रक्षकहरूको पहलमा तराई मधेसका विभिन्न जिल्लामा शान्ति र्‍याली निकाल्ने जानकारी समेत दिनुभयो ।

प्रकाशित मिति २०७२ असोज १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: