काठमाडौं, असोज १५ । भारतले गरेको अघोषित नाकाबन्दी तत्काल फिर्तागर्न मागगर्दै युवाहरूले आज काठमाडौंमा धर्ना दिएका छन् ।
नेपालको राष्ट्रियताप्रति माया गर्ने युवाहरूको सञ्जालले भारतलाई खबरदारी गर्दै धर्ना दिएको बताएका छन् । नेपाली झण्डा र शान्तिको सन्देश दिने प्लेकार्ड सहित विद्यार्थीहरू धर्नामा बसेका थिए ।
धर्नामा सहभागि युवाहरुले राष्ट्रियता जस्ता मुद्धामा कसैसँग सम्झौता नगर , तराईमधेश केन्द्रित राजनीतिक दलहरूसंग सार्थक र परिणाममुखी वार्ता गर, पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारत बाहेक अन्य मुलुकसँग सम्झौता गर लगायतका मुख्य माग सहित युवाहरू १ देखि ३ बजेसम्म नयाँ बानेश्वरमा धर्ना दिएका हुन् ।
प्रकाशित मिति २०७२ असोज १५ गते शुक्रवार
Comment Here!