माटोको ढिस्कोमा च्यापिएर ६ जना बालबालिकाको मृत्यु दुई महिला घाइते
महिला खबर
धनगढी १७ असोज । कैलालीको दोदोधारा कट्टिपुरमा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ६ बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँकी १० वर्षिया सिता प्याकुरेल, ६ वर्षका दिपक प्याकुरेल, ९ वर्षिया मैना सुनार, ६ वर्षिया ननिता न्यौपाने, ७ बर्षका किरण सुनार र ७ वर्षकी सुसान्त सुनार रहेका छन् ।
घर लिपपोतको लागि शुक्रबार बेलुका करिब ५ बजेतिर माटो ल्याउन गएका उनीहरुको माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिताको घटनास्थलमै मृत्यु भएको हो । ढिस्कोमा च्यापिएर घाइते अवस्थामा फेला परेका अन्य ५ जनाको स्थानीय वर्दगोरियो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढिस्कोमा च्यापिएका घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए ।
त्यसैगरी ढिस्कोमा च्यापिएर दुई महिला पनि घाइते भएकी छिन् । घाइते हुनेमा सोही ठाउँ निवासी ३० वर्षिया जमुना खतिवडा र ३५ वर्षकी रतना खतीवडा रहेका छन् ।
उनीहरुलाई थप उपचारको लागी नेपालनञ्ज मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति :२०७२ असोज १७ गते आइतवार
Comment Here!