निर्वस्त्र महिलाले खेत जोतिरहेको ठाउँमा प्रहरी पुगेपछि ……


प्रकाशित मिति :2015-10-04 11:27:24

महिला खबर

नेपालगन्ज, असोज १७ । बाँकेको बेलहरीका महिलाले पानी माग्दै शुक्रवार राती निर्वस्त्र रुपमा आफनो खेतबारी जोतेका छन् ।उक्त गाविसको वडा नम्वर १, २, ३ , ४ र ५ का एक सयभन्दा बढी महिलाले निर्वस्त्र भएर साङ्केतिक रुपमा खेत जोतेका हुन् ।

खेतमा केवल महिला मात्र सहभागि थिए । अगुवा महिला मायादेवी वर्माले निर्वस्त्र भएर खेतवारी जोतेको जानकारी दिनुभयो । निर्वस्त्र भएर खेतवारी जोतियो भने भगवान पनि लाजले पानी पार्ने उनीहरूको विश्वास छ ।

????????????????????????????????????

यसपाली वर्षा नै नभएपछि रोपिएको धानवाली सुक्न थालेको छ । पानी पार्न यसअघिका पुस्ताले पुजापाठ गर्ने गरेको स्मरण गर्दै वर्माले भन्नुभयो, ‘यसपाली पुजापाठ गर्दापनि पानी नपरेपछि निवस्त्र भएर गाउँका सबै महिला राती गोरु बनेर साङ्केतिक रुपमा पानी माग्दै खेत जोतेका हौं ।’

पर्याप्त वर्षा नहुँदा यसपाली बाँकेमा धान उत्पादन कम हुने देखिन्छ । बाँकेमा कूल साढे ३६ हजार हेक्टर जमिनमा धानखेती हुने गरेको छ । निर्वस्त्र भएर खेत जोतिरहेका बेला प्रहरी पुगेपछि केहीबेर महिलाकाे भागाभाग समेत भएको   जानकारी दिए ।

 

प्रकाशित मिति: २०७२ असोज १७ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: