वातावरणमैत्री टोल निर्माणमा महिला


प्रकाशित मिति :2015-10-04 11:59:26

ज्ञानु पंगेनी
नवलपरासी, असोज १७ ।  नवलपरासी कावासोतीका महिलाले वातावरणमैत्री टोल निर्माण गर्नमा अग्रसर भएका छन् ।

वातावरणमैत्री नगर निर्माण अभियानका क्रममा नगरपालिकाले नै  विभिन्न कार्यक्रम  गरिरहेको भएपनि यहाँका महिला आफ्नो टोल आफै बनाउँ भन्ने अभियानमा लागेका छन् ।

12108041_908580432568346_6683686219504502048_n

महिलाले  टोलमा प्लास्टिक प्रयोग नगर्ने, फोहोरलाई छुट्याएर कुहिने वस्तुहरूको कम्पोष्ट मल बनाउने र नकुहिने वस्तुहरूलाई छुट्याएर राख्ने अभियान सुरु गरेका छन् भने टोल सरसफाई समेत गरेका छन् ।

यस्तै टोलको चोकचोकमा र पसल अगाडि प्लास्टिक जन्य  फोहोरलाई जम्मा गर्नका लागि बोराहरू झुण्डाएर राखेका छन् ।

प्लास्टिक प्रयोगमा न्यूनिकरण गर्न निकट भविष्यमा वातावरणमैत्री झोला निर्माणको काम थालनी गर्ने योजना रहेको उनीहरूले बताए ।

प्रकाशित मिति :२०७२ असोज १७ गते आइृतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: