महिला खबर
नेपालगन्ज,असोज १७ । मानव बेचविखनको उच्च जोखिम रहेको बाँकेका क्षेत्रहरूमा विद्यार्थीमार्फत् सचेतना अभियान सुरु गरिएको छ ।सम्भावित उच्च जोखिम रहेका गा.वि.स र नगरपालिकामा रहेका माध्यमिक विद्यालयका विद्यार्थीलाई मानव बेचविखन विरुद्ध तीन दिनसम्म अनुशिक्षण दिईएको छ ।
विद्यार्थीलाई श्रव्य र दृश्य सामग्रीहरू मार्फत मानव बेचविखनको अवस्थाका कारण, दलालहरूले अपनाउने तौर तरिका, सम्पर्क स्थानहरू कानुनी व्यवस्था, वैदेशिक रोजगार, सुरक्षित बसाईसराई र मानव बेचबिखन विरुद्ध विद्यार्थीको भूमिका लगायतको वारेमा पूर्ण रुपमा प्रशिक्षण प्रदान गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशवराज कोईरालाले जानकारी दिनुभयो ।
तालिममा सहभागि विद्यार्थीले मानव बेचविखन बिरुद्ध सक्रिय रहेर कार्य गर्ने गरी कार्ययोजना समेत तयार पारेका छन् ।
व्यक्तिगत तवरबाट आफु सचेत रहि परिवार र साथीहरू सवैलाई सचेतना फैलाउँने, शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने, पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने, चोक, चौतारा पसालहरू समेतमा मानव बेचविखन विरुद्ध छलफल एवं बहस सञ्चालन गर्ने लगायतका कार्यहरू रहेका छन् ।
यसैगरी सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समूदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, ¥याली, घरदैलो जस्ता कार्यक्रमहरू गर्ने, मानव बेचविखन विरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्ने, पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने, हिंसामा परेका पीडित प्रभावितलाई आत्म सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुनस्र्थापनाका लागि क्रियाशिल रहने लगायतका क्रियाकलापहरू रहेका छन् ।
सूर्योदय उमावि चिसापानीका जगदिश शाहीले मानव बेचविखन समस्याको रुपमा रहेको हुँदा यसका विरुद्ध विद्यार्थी सचेत रहँदै सबै मिलि क्रियाशिल हुनपर्ने बताउनुभयो । माइती नेपालले यसअघि मानव बेचविखन प्रभावित क्षेत्रका माध्यमिक विद्यालयका शिक्षकहरूलाई समेत तीन दिने तालिम दिईसकेको बताएको छ ।
प्रकाशित मिति २०७२ असोज १७ गते आइतवार
Comment Here!