महिला खबर
काठमाडौं, असोज १७ । स्तनक्यान्सरका बारेमा जनचेतना जगाउने उद्देश्यले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनले शनिवार र्याली निकालेको छ । स्तनक्यान्सरबाट बचौं र बचाउँ भन्ने नारासहित काठमाडौंको दरवार मार्गबाट निस्केको र्याली भृकुटीमण्डप गएर टुङ्गिएको थियो । र्यालीमा अधिकांश युवा पीङ्क टिसर्ट, पीङ्क वेलुनसहित सहभागी भएका थिए । स्तन क्यान्सरको बढदो जोखिमलाई मध्येनजर गर्दै अक्टुवर महिनामा विश्व भरी स्तनक्यान्सरविरुद्धका बिभिन्न चेतनामुलक कार्यक्रम गरिन्छ । अभियन्ताहरू ‘पींकटुवर’ भन्दै यो महिनाभरी स्तनक्यान्सरविरूद्धको पिङ्क रिवन अभियानमा सहभागी हुन्छन् ।
नेपालमा स्तनक्यान्सर दोस्रो ठुलो समस्याकोरुपमा रहेको चिकित्सकहरूले बताएका छन् । महिलालाई सवै भन्दा धेरै लाग्ने क्यान्सर पाठेघरको हो । तर, पछिल्लो समयमा पाठेघरको क्यान्सरका बारेमा जनचेतना व्यापक हुँदै गएकाले स्तन क्यान्सर पहिलो हुन सक्ने जोखिममा रहेको नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका अध्यक्ष डाक्टर सुजिता हिराचनले बताउनुभयो । उहाँका अनुसार नेपालमा कति महिला स्तनक्यान्सरबाट पीडित छन् भन्ने यकिन तथ्यांक नभएपनि प्रत्येक वर्ष ५ हजारलाई स्तनक्यान्सर देखा पर्ने गर्छ ।
थप समाचार……….
हरेक वर्ष ५ लाख महिलाको स्तनक्यान्सरका कारण मृत्यु
प्रकाशित मिति: २०७२ असाेज १७ गते अाइृतवार
Comment Here!