महिला खबर
पोखरा, असोज १७ । असोज ३ गते संविधान जारी भएसँगै देखिएको असहज परिस्थितिप्रति पोखराका व्यवसायी महिलाले चिन्ता व्यक्त गरेका छन् । पोखरा उद्योग बाणिज्य संघ पोखराकी महिला उपसमिति संयोजक विन्दु कोइरालाले संविधान प्राप्तिको एउटा ठूलो सपना विपनामा परिणत भए पनि बन्द हड्ताल र भारतको हेपाहा प्रवृत्तिले व्यवसायी र सर्वसाधारणलाई सास्ति भएको महिला खबर डटकमसँगको कुराकानीमा बताउनुभयो ।
विभिन्न बहानामा भइरहने बन्द हड्ताल र आन्दोलनले अहिलेको नाकाबन्दीले भान्सादेखि उद्योगसम्म धरासायी भएको भन्दै पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो ‘चाडवाडको मुखमा जुन उत्साह उमंग हुनुपर्ने हो, त्यो छैन् । कतिको भान्सा बन्द भएको छ । कति होटल, व्यवसाय चौपट भएको छ । व्यवसायीहरू भन्नै नसक्ने पीडामा छन् ।’
अर्का महिला उद्यमी हिरा भट्टराई भन्नुहुन्छ ‘भान्सानै बन्द भएपछि अरू के को आशा गर्ने ? जबसम्म पेट्रोलियम पदार्थ सहज हुँदैन यसले घरको भान्सादेखि बजारसम्मलाई असर पार्छ । एउटा मात्र समस्या हैन्, अनेकन समस्या सृजना भएका छन् ।’
सौन्दयकर्मी चिनु गुरुङ भन्नुहुन्छ ‘भारतले क्षणिक आवेगमा आएर जुन व्यवहार ग-यो त्यसको असर अनन्त कालसम्म भोग्नुपर्छ, भारतले हामीलाई सित्तैमा पाले जस्तो गरेर हेपिरहेको छ ।
भू–परिवेष्ठित मुलुकले समुद्रसम्मको बाटो प्रयोग गर्न पाउने अन्तर्राष्ट्रिय पारवहन सन्धीविपरीत अघोषित नाकाबन्दी गरेर दु:ख दियो अहिले नाकाबन्दी खुल्यो भनेपनि सहज आपूर्ति हुन सकेको छैन् । नेपालको स्वतन्त्रता सार्वभौम माथिहस्तक्षेप गरेर स्वाभिमानि नेपालीलाई चिढायो ।’
अर्का व्यवसायी सिता बराल चाडवाडको मुखमा देखिएको यो असहज परिस्थितिले व्यापारघाटा भोग्नु परेको बताउनुहुन्छ । वातावरणमा जुन खालको रौनकता हुनुपर्ने हो, त्यो शुन्य छ, नाकाबन्दी खुल्यो भने पनि छिट्टै बजार पहिले जस्तो अवस्थामा आउन समय लाग्छ ।
संविधान जारी भएसँगै देखिएका असहज परिस्थिती र भारतको अनावश्यका चासो र हस्तक्षेपले नेपालको अर्थतन्त्रलाई एकाएक गिराइदियो । तर यसबाट पाठ सिकेर आत्मनिर्भरका लागि विकल्पका बाटाहरू खोज्नु पर्ने बरालको धारणा छ ।
प्रकाशित मितिः २०७२ असोज १७ गते आईतवार
Comment Here!