महिला खबर
काठमाडौं, असोज १८ । धर्म, विवाह र संस्कारका नाममा महिला माथि भइरहेका अन्यायसँग केन्द्रित पुस्तक ‘धर्म, विवाह र महिला’ विमोचन गरिएको छ ।
मानववादी समाज (सोच) नेपालले आइतवार काठमाडौंमा गरेको “संविधानमा कुरीति” विषयक छलफल कार्यक्रममा सांसद रञ्जु झाले उक्त पुस्तक विमोचन गर्नु भएको हो ।
कुरीति अन्त्य समाज (कास) ले प्रकाशन गरेको पुस्तक पत्रकार लोग्शरी कुँवर र लेखक सञ्जय खड्काले सम्पादन गर्नु भएको छ । उक्त पुस्तकमा दामोदर पुडासैनी ‘किशोर’ को विवाह : सन्दर्भ र सार्थकता, रघुनाथ अधिकारी ‘निलमशेखर’ को स्वर्गको परिकल्पना : एक विवेचना, लोग्शरी कुँवरको हिन्दु धर्म, महिला र शोषण, बालकृष्ण ‘नेभा’ को हिन्दू धर्म, संस्कृति र परम्परामा नारी र सञ्जय खड्काको बाल विवाह : एक सामाजिक समस्या विषयका पाँचवटा लेखहरू समावेश गरिएको छ ।
पुस्तकको समिक्षा गर्दै वरिष्ठ साहित्यकार दामोदर पुडासैनीले विवाह, धर्म र रीति रिवाजहरूलाई संस्कृति मानेर दैनिक जीवनमा लागु गर्दा महिला मात्रैले भोग्ने समस्याका बारेमा पुस्कत केन्द्रित रहेको बताउनुभयो ।
प्रकाशित मिति २०७२ असोज १८ गते सोमवार
Comment Here!