बोक्सी हुन्छ भन्नु अज्ञानताको पराकाष्ठा : सांसद


प्रकाशित मिति :2015-10-05 11:32:26

महिला खबर

काठमाडौं, असोज १८ । सामाजिक अन्धविश्वास र कुरीतिका रुपमा विद्यमान बोक्सी प्रथालाई निवारण गर्नका लागि ल्याईएको ऐन बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबैको सहयोग जरुरी रहेको सांसदहरूले जोड दिएका छन् ।

मानववादी समाज (सोच) नेपालले आइतवार काठमाडौंमा गरेको ‘संविधानमा कुरीति’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरूले यो कुरामा जोड दिएका हुन् ।

संविधान सभा महिला, बालबालिका, जेष्ठनागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जु झाले विगतमा कथित बोक्सी आरोपमा ज्यान गुमाएका, यातना पाएका, सामाजिक बहिष्कारमा परेका, घर निकाला भएका मान्छेहरूले कानुनको अभावमा न्याय नपाएको बताउनुभयो ।

‘यो ऐन अहिको अवस्थामा एकदमै व्यवहारिक छ ।’ सभापति झाले भन्नुभयो–‘अब कसैले अरूलाई त बोक्सी होस् मात्र भने पनि सजाय भोग्नुपर्ने कानुनी व्यवस्था बनेको छ ।’ यसलाई कार्यान्वयन गर्न हामी सबैले सहयोग गर्नुपर्छ ।

सांसद मधु गुरुङ्ले यदी बोक्सी हुन्छ भने सीमा सुरक्षाका लागि एक लाख सेना पाल्नु भन्दा ५ हजार बोक्सी पाल्नुनै राज्यका लागि आर्थिक भार कम हुने तर्क गर्नुभयो । उहाँले बोक्सी हुन्छ भन्ने अन्धविश्वास पाल्नु व्यक्तिको अज्ञानताको पराकाष्ठा भएको बताउनुभयो ।

सांसद चित्र बहादुर केसीले भन्नुभयो–‘हामीले धेरै राजनीतिक लडाई लड्यौं । जेलनेल भोग्यौं । राणादेखि राजाको शासन व्यवस्था बिरुद्ध लड्यौं । तर समाज सुधारको आन्दोलन कुनै पार्टीको एजेन्डा बनेन । जुन जरुरी थियो ।’ केसीले अहिले पनि नेपाली समाजमा बोक्सी, दाइजो, छाउपडी जस्ता कुप्रथाका कारण धेरै मानिसहरूले विभिन्न खालका दुःख पीडा भोग्नु परिरहेको भन्दै समाज सुधारको आन्दोलन पार्टीहरुले मुख्य एजेन्डा बन्नुपर्नेमा जोड दिनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद एवं पूर्वमन्त्री वृजेशकुमार गुप्ताले दाइजोको निहुँमा आफ्नै श्रीमतीलाई यातना दिएको घटना सबैका लागि लज्जाको विषय भएको स्मरण गर्नुभयो ।

सांसद मोहनसिंह राठौरले अहिलेको समयमा पनि बादी महिलाले जीविकोपार्जनकै लागि देह ब्यापार गर्नुपरिहेको उल्लेख गर्दै उनीहरूलाई यो बाध्यताबाट छुटकारा दिलाउन सामाजिक संस्था र सरकारी तहबाट पहल हुनुपर्छ भन्नुभयो ।
सांसद जगदिश्वर नरसिंह केसीले नेपाली समाजमा रीति, संस्कृतिका नाममा थुप्रै कुरीतिहरू रहेको भन्दै त्यसको अन्त्यका लागि राजनीति दलहरूले गाउँगाउँमा जनचेतना मूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य रामकुमारी झाक्रीले चेतनाको कमीका कारण मान्छेले अन्धविश्वासलाई प्रसय दिने गरेको भन्दै संस्कारका नाममा विद्यमान कुरीति अन्त्य गर्नु सबैको दायित्व हो भन्नुभयो ।

कार्यक्रममा सांसदहरू सकुन्तला राजभण्डारी, मिना पाण्डे, हरी उप्रेती, ममताकुमारी यादव, मीना यादव, नेपाली कांग्रेसका महासमिति सदस्य राधा घले, समता पार्टीका महासचिव विक्रम कुँवर लगायतले धारणा राख्नु भएको थियो ।

सोच नेपालका अध्यक्ष शान्ति गुरुङ्ले नयाँ संविधानमा धर्म, संस्कृति, प्रथा, परम्पराका नाममा हुने हिंसा बिरुद्ध गरिएको व्यवस्था र बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ मा भएको कानुनी व्यवस्था सम्बन्धी सांसद र सरोकारवालासँग राय, सुझावका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रकाशित मिति २०७२ असोज १८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: