विवाह गर्न नमानेपछि शिक्षिकाको हत्या


प्रकाशित मिति :2015-10-05 11:38:24

महिला खबर

बागलुङ, असोज १८ । बाग्लुङ जिल्लाको हुग्दीशिर ६ भाटीमा गत सोमबार मृत अवस्थामा भेटिएकी शिक्षिका तारा श्रीसको घरबेटिका छोराले हत्या गरेको खुलेको छ ।

हत्या आरोपमा पक्राउ परेका इन्द्रबहादुर पुनले श्रीसले बिहेको प्रस्ताव अस्वीकार गरेको भन्द हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।

सर्वोदय उच्चमाविकी शिक्षिका तारा श्रीस श्रीमानसँग सम्बन्ध चिसिएपछि रनबहादुर पुनको घरमा केही महिना पहिला मात्र डेरामा बसेकी थिइन् ।

सोही क्रममा घरबेटीका छोरा इन्द्रले उनलाई विहेको प्रस्ताव राख्दै पछ्याइरहेका थिए । तर, विवाहको प्रस्ताव ताराले अस्वीकार गरेपछि इन्द्रले ताराको हत्या गरेको बताएका छन् । जिल्ला प्रहरीकार्यालय बाग्लुङले आरोपि पुनलाई कारावाहीका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति २०७२ असोज १८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: