सुकुम्बासी महिलाले सञ्चालन गरेको सहकारी


प्रकाशित मिति :2015-10-05 12:34:10

रमला सिंगक

सुनसरी, असोज १८ । भूमिहीन सुकुम्बासी महिलाद्धारा सञ्चालित दिव्यज्योती महिला एकता वचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षमा २८ लाख ११ हजार ६ सय रुपैयाँ आम्दानी गरेको जानकारी दिएको छ ।

धरान उप–महानगरपालिका क्षेत्रका गरिव, भूमिहिन सुकुम्बासी समुदायको आर्थिक र सामाजिक रुपान्तरण र विकास गर्ने उदेश्यले स्थापित सहकारीले चालु आर्थिक वर्षमा ३ करोड ३ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

गत वर्ष सहकारीले २ करोड २५ लाख ३३ हजार रुपैयाँको कारोवार गरेको थियो । चालु आर्थिक वर्षमा शेयर पुँजी २१ लाख ५० हजार पुगेको छ ।
शेयर सदस्यदेखि सञ्चालक समिति र व्यबस्थापन हेर्ने सवै महिलामात्र रहेको उक्त सहकारीका अध्यक्ष रन्जिता कट्वालले जानकारी गराउनु भयो ।

उहाँका अनुसार आर्थिक क्षेत्रमा मात्र काम नगरेर सुकुम्बासी भूमिहीन महिला समूदायलाई आत्म निर्भर बन्ने र व्यत्तित्व विकास सम्बन्धी विभिन्न तालिम समेत दिदैँ आएको छ ।
साना व्यावसायीलाई प्रोत्साहन सहयोग कोष र समूदाय विकास कोष समेत स्थापना गरेर धरानका अरुणटोल, प्रगति मार्ग, शान्ति टोल, फोक्लेण्ड, सप्तरंगी मार्ग, साउने बस्ती, खहरे गैरीमार्गमा स्थानीय टोलका लागि भनेर अलग्गै १ लाख ६ हजार बराबरको कोष खडा गरिदिएको छ ।

अन्य सहकारीको तुलनामा फरक नभएपनि सहकारीले पूर्वमा रहेका अन्य सुकुम्बासी महिलाले संचालन गरेका इटहरीको संगिनी सहकारी, विराटनगरको सम्झना सहकारी र संवृद्धि सहकारीका पदाधिकारी, कर्मचारीलाई सहकारीले गर्ने विभिन्न आर्थिक कारोवार, नगद प्रवाह, ऋण भुक्तानी, बचत, प्रभाव मुल्याङ्कन, लगानी क्षेत्र, नाफाको संकेत आदि बारे तालिम समेत दिदैँ आएको अध्यक्ष कटुवालले बताउनु भयो ।
सहकारीले हालसम्म आवासको लागि लुमन्तिको सहयोगमा १८ जना अति विपन्नलाई सहयोग समेत गरेको बताउनु भयो ।

साधारण सभामा सहकारीले अन्य संस्थासंगको सहकार्यमा २२ वटा टोलहरुमा चुर्पी निर्माणमा पनि सहयोग गरेको जनाइएको थियो ।
सहकारीले धरानका विभिनन १३ जना सुकुम्बासी महिलालाई आवास निर्माणका लागि ३२ लाख रुपैयाँ समेत ऋण दिएको जनाइएको थियो ।

आगामी बर्ष शेयर सदस्य संख्या १ हजार २ सय ५० जना पु-याउने लक्ष राखेको छ । सहकारीको साधारणसभाले पाच जेष्ठ आमा नागरिकहरू विष्णुमाया कार्की, नैनकुमारी राई, सविमाया तामाङ, अमृता श्रेष्ठ र जीतमाया मगरलाई सम्मान गरेको थियो ।

उक्त अवसरमा पाच जना छात्राहरु रामकुमारी नेपाली, लक्ष्मी परियार, ममता राई, अप्सरा तामाङ र सविना राईलाई पाच सय रुपैया नगदको छात्रवृत्ति वितरण गरेको थियो ।

प्रकाशित मिति २०७२ असोज १८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: