खेमा बस्नेत
धनगढी, असाेज १८ । दाम्पत्य जिवनबाट विरक्तिएकी एक महिला भने जीवनमा एक्लै बाँच्ने अठोटमा छिन् । संगै मर्ने बाँच्ने कसम खाएर दाम्पत्यमा जाडिएको पुरुषले धोका दिएपछि कैलालीकी सिमा विक(चौधरी)लाई एक्लै बाँच्ने चाहना पलाएको हो । कैलालीको टिकापुर वनगाउँमा बस्ने दिनेश चौधरीसँग १५ वर्षको उमेरमा विवाह गरेकी उनीसँग हाल एक छोरा र एक छोरी सेमत छन् ।
श्रीमान आफूमाथि अन्याय गरेको भन्दै उनी जिल्ला अदालत कैलाली पुगेकी थिइन् । छोरालाई काखमा च्यापेर अदालत परिसरमा भेटिएकी उनले श्रीमान विरुद्ध अंश मुद्धा लडिरहेको बताइन ।
विवाहको ८ वर्षसम्म मिलमिलापमै समय वितेपनि पछि श्रीमानको दुर्व्यवहार सहन गर्न नसकेपछि अन्तिममा श्रीमानको विरुद्ध कानुनी लडाइ लड्नु परको उनले बताइन् । उनी जिल्ला अदालतमा श्रीमानबाट अंश पाउनको लागि मुद्धा खेप्न आएकी छिन् । उसले २०७० पुषमा श्रीमानले बहुविवाह गरेपछि उनले २०७१ जेठ महिनामा जिल्ला अदालतमा अशको लागि निवेदन हालेकी थिइन् ।
मुद्धा हालेपछि पनि श्रीमानबाट दुव्यहारको सामना गर्दै आएको उनले बताइन् । उनकै शब्दमा भन्ने हो भने त्यो समय उनको लागि निकै कष्टप्रद थियो ।‘मुद्धा हालेपछि अझ बढी याताना दिन थाल्यो’ उनले श्रीमानको आचरणको बताउँदै भनिन् ‘अश दिन्न भनेर खेतमा लगाएको वाली समेत खान दिएन । जिवीको निर्वाह गर्न निकै कष्टपूर्ण भयो ।’
यस विचमा आफूलाई खान बस्न त परै जाओस्, छोराछोरीको औषधी खर्च समेत नदिएपछि उनले दैनिक मजदूरी समेत गर्नुप¥यो ।
यही विवशताले उनलाई कानुनी ढोका सम्म पु¥याउने शाहस बटुल्यो र माइतीको सहयोगमा अंश मुद्धा लडिन् । अन्तत अदालतले उनको पक्षमा फैसला गरेपछि अंश पाउने भइन् ।
उनलेसंगै बस्दा सुख नपाउने भएपछि अलग–अलग बस्ने मात्रै होइन नाता नै तोडेर एक्लै बाँच्ने अठोट गरेकी छिन् । त्यसको लागि सम्बन्ध विच्छेदका कानुनी प्रकृया सुरु गर्न लागेको बताइन् । ‘अंश बुद्धा जितेपछि मलई हिम्मत मिलेको छ’ छोरालाई काखमा च्याप्दै उनले भनिन् ‘अब सम्बन्ध विच्छेद गर्न चाहन्छु, यसको लागि मुद्दा हालेकी छु ।’
उनले यसपछि छोराछोरीसंगै नयाँ जिन्दगीको सुरुवात गर्न खोजेको बताइन् । ‘सधै गालीगलौच र कुटपिट सहेर बाँच्नु भन्दा एक्लै बाच्छु’ उनले भनिन् ‘अब म मेरै नामबाट चिनिन चाहन्छु कसैको श्रीमति भनेर होइन् ।’ सिमाले श्रीमानसंगको सम्बन्ध विग्रिएपछि मजदुरी गरेर छोराछोरी पढाईरहेको बताइन् । सिमासंग अहिले ४ वर्षकी छोरी अक्सरा चौधरी र ३ वर्षका छोरा गौतम चौधरी छन् ।
प्रकाशित मिति २०७२ असाेज १८ गते साेमवार
Comment Here!