सुविधासपन्न महिला हिरासत बनाउन पुर्वेली महिलाको पहल


प्रकाशित मिति :2015-10-05 14:43:02

रमला सिंगक

सुनसरी, असोज १८। इलाका प्रहरी कार्यालयमा शुक्रबार १५ जना महिलाको हुल एक्कासी भित्र पस्यो। यो हुल देखेर कार्यालयको गेटमा बसेका सेन्ट्रीले सोचे यी ‘शहरीया महिला कुन महिलाको जाहेरी दर्ता भएन भनेर धर्ना दिन आए।’

सेन्ट्री बसेकी एक प्रहरी जवानले उनीहरूलाई सोधिन्। उनीहरूले जवाफमा प्रहरी नायव उपरिक्षकलाई भेट्न आएको बताए। उनले अनुमती दिइन्। उनीहरू सरासर प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतिको कक्षतिर लागे।

सिजापतिले पनि प्रहरी अन्दाजमा के समस्या लिएर आउनुभयो भनेर सोधिखोजी गरे। प्रायः इलाका प्रहरी कार्यालयमा विभिन्न च्यानल सेटिङ गरेर प्रहरी हिरासतमा रहेका थुनुवा छुटाउन हुल आउने गरेकाले त्यही अनुमान उनले गरेका थिए।

जवाफमा ती महिलालेे धरान नगर महिला सञ्जाल मार्फत इलाका प्रहरी कार्यालयमा सुविधासम्पन्न महिला हिरासत बनाउन सहयोग गर्ने प्रस्ताव राख्दा प्रहरी नायव उपरिक्षक सिजापतिले आफूले सोचेे विपरित ‘राम्रो काममा आउनु भएछ’ भनेर प्रस्ताव सुनाउन अनुरोध गरे।

धरानमा महिला अधिकारका क्षेत्रमा कार्यरत बिभिन्न २३ वटा संस्थाको छाता संगठन धरान नगर महिला सञ्जालका अध्यक्ष शिला बज्राचार्यले इलाका प्रहरी कार्यालयमा विभिन्न आरोप र अपराधमा पक्राउ परेर हिरासतमा राखिएका महिलाका लागि बेग्लै हिरासत कक्ष बनाउन सहयोग गर्ने प्रस्तावका बारेमा विस्तृत बताइन्।

कारागारमा महिलाको अवस्था अत्यन्तै नाजुक, अव्यस्थित र दयनीय भएपछि व्यवस्थित बनाउन सहयोग गर्ने प्रस्तावसहित सञ्जाल अघि सरेको सचिव चेतना श्रेङ अधिकारीले बताइन् ।

उनले भनिन् ‘महिलालाई हिरासतमा राख्न प्रहरीलाई नै टाउको दुखाई भइरहेको देखियो। पुरुषका लागि जसोतसो व्यवस्था रहेछ। तर, महिलाका लागि भने वडा प्रहरी कार्यालयमा सानो, अँँध्यारो कोठामा महिला बन्दीले निकै सास्ती खेपिरहेको छन्। हामीले सञ्जाल मार्फत रकम जुटाएर इलाका प्रहरी कार्यालयमा व्यस्थित महिला हिरासत बनाउन सहयोग गर्न खाजेको हौं।’

अनुसन्धानका लागि ल्याएका १० देखि १५ जनासम्म महिला अट्न सक्ने सुविधायुक्त हिरासत बनाउन आर्थिक सहयोग गर्ने प्रस्ताव सञ्जालले राखेकाले प्रहरी नायव उपरिक्षक सिजापतिले जानकारी दिए। उनले भने, ‘थुनुवाहरू एकैठाउँमा नहुँदा म्याद थपका लागि अदालत लैजादा वा अनुसन्धान गर्दा इलाकाबाट वडा प्रहरी कार्यालय गएर भेला गर्नुपर्ने, उनीहरूको सुरक्षाका लागि दोहोरो जनशक्ति खटाउन पर्ने भएकाले महिला सञ्जालले इलाका प्रहरी कार्यालय परिसरमै महिला हिरासत बनाउन सहयोग गर्ने भएपछि हामीलाई नै सजिलो हुने भएको छ।’

सञ्जालका अध्यक्ष शिला बज्राचार्यले हिरासतमा राखिने महिलाका लागि कानुनले दिएको अधिकार अनुसार अत्यावश्यक सामग्री पनि राखिने बताउनुभयो। महिला पक्राउ पर्ना साथ कहाँ राख्ने भनेर प्रहरीले अव तनाव लिन नपरोस भनेर महिला सञ्जालले पहल गरेको उनले बताइन्।

इलाका प्रहरी कार्यालयको हिरासतमा लागुपदार्थ प्रयोग गर्ने, विक्रि वितरण गर्ने, बहुविवाहका उजुरीमा श्रीमानसहित दोश्री श्रीमती पक्राउ पर्ने मुद्दा धेरै आउने गरेको महिला सेल हेर्ने प्रहरी हवल्दार रमा श्रेष्ठले बताइन्।

प्रकाशित मितिः २०७२ असाेज १८ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: