खेमा बस्नेत
कैलाली, असोज १९ । भदौ ७ गते भएको टिकापुरको घटनापछि कैलायलीमा लागेको कर्फ्यु तथा बन्दकाकारणले मुद्दा दर्तामा कमी आएको छ ।जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत कैलालीमा बन्द र कर्फ्यु कै कारणले साउन भन्दा भदौमा मुद्दा दर्तामा कमी आएको जिल्ला प्रहरी
कार्यालय कैलाली महिला सेलकी प्रहरी सहायक निरिक्षक कमला भट्टले बताउनुभयो । ‘कर्फ्युका कारणले मुद्दा दर्तामा कमी आएको’ भट्टले भन्नुभयो ‘हिंसामा परेका महिला तथा अन्य मुद्दा दर्ता गर्ने बाटो बन्द कर्फ्यु लागेको छ आउन सकेनन् त्यसैले मुद्दा दर्तामा कमी देखिएको हो । ’
जिल्ला प्रहरी महिला सेलमा साउनमा घरेलु हिसामा १८ वटा मुद्दा दर्ता भएका थिए तर, भदौमा ९ वटा मात्र मुद्दा दर्ता भएका छन् ।
जिल्ला अदालत कैलालीका श्रस्तेदार जगदिश प्रसाद ओझाले अदालतमा पनि कर्फ्यु कै कारणले मुद्दा दर्तामा कमी आएको बताउनु भयो । कर्फ्यु लागेपछि पिडकहरू अदालतसम्म आउन नसकेको कारण मुद्दा दर्तामा कमी देखिएको उहाँको भनाइछ ।
मासिक रुपमा ८० वटा भन्दा बढी मुद्दा दर्ता हुने अदातलमा भदौमा ४३ मात्र मात्र दर्ता भएको ओझाले जानकारी दिनुभयो । साउन महिनामा ८१ मुद्दा दर्ता भएको थियो । त्यसैगरी २०७१/०७२ वाट २०७२/०७३ सरेर आएका ४ सय १२ मुद्दामा ५० मुद्दा फैसला भएको छ ।
प्रकाशित मिति २०७२ असोज १९ गते मंगलवार
Comment Here!