कुन्दुज सहरमा महिलालाई संरक्षण गर्दै अधिकारकर्मी


प्रकाशित मिति :2015-10-06 15:25:31

महिला खबर

एजेन्सी, असाेज १९। तालीवानले कब्जामा लिएको कुन्दुज सहरलाई अफगानी सेनाले पुन आफ्नो नियन्त्रणमा लिएको छ। महिला अधिकारकर्मीहरू त्यस क्षेत्रमा सेल्टरमा रहेका हिंसापीडित महिला र त्यहाँ काम गर्ने कर्मचारीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेका छन्।

वुमन अफ अफगान वुमनकी निर्देशक नाजी‌या नासीमका अनुसार कुन्दुजका सेल्टरमा रहेका महिला लुटिएका छन् र अहिले उनीहरूलाई काबुल सार्ने प्रयास भइरहेको छ । अहिलेसम्म ५ जना महिला र ४ जना बच्चालाई काबुल पुर्‍याइएको छ । १५ जना कर्मचारी अझै कुन्दुजमै रहेको र उनीहरूसँग सम्पर्क हुन सकेको छैन। नाजी‌या भन्छिन् सम्पर्कमा नअाएका कर्मचारी तालीवानकाे कब्जामा पर्ने हुनकी भन्ने कुरामा उनीहरू चिन्तित छन्।

वुमन अफ अफगान वुमनले अहिले अफगानिस्तानमा ११ वटा महिलाका लागि सेल्टर र ४ वटा बाल गृह संचालन गरिरहेकाे छ।

ती सेल्टरमा हिसां पीडित महिलालाई राखी उनीहरूलाई मनोसामाजिक परामर्शका साथै शिक्षा र तालिमका अवसरहरू पनि दिइन्छ।

अफगानिस्तान महिलाका लागि असुरक्षित राष्ट्र मानिन्छ।। सन् १९९६ देखी २००१ सम्म तालिवानकाे सत्ता रहेका बेला अझै बढी असुरक्षित मानिएकाे थियाे।

अफगानी मानव अधिकार अायाेगका अनुसार धार्मिक नेतृत्वकर्ताहरू, अतिवादी समुहहरू तथा सरकारी अधिकारीहरूले पनि हिंसापीडित महिलाका लागि स्थापना गरिएका यस्ता सेल्टरमा हमला गर्ने गरेका छन् । उनीहरूका अनुसार यस्ता सेल्टरको निर्माणले त्यँहाका महिलालाई घरबाट भाग्ने हाैसला प्रदान गर्दछ साथै यस्तो काम उनीहरूकाे घर भित्रै समस्या समाधान गर्ने परम्पराविरुद्ध रहेका छन्।

प्रकाशित मितिः २०७२ असाेज १९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: