सुमित्रा के सी
रुकुम, असोज २० । रुकुममा बालबालिकाहरूका लागि ३ वर्षे रणनीतिक योजना बनाइने भएको छ । जिल्लामा क्रियाशील बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरू र जिल्ला विकास समिति तथा जिल्ला बालकल्याण समितिको पहलमा योजना निर्माण हुन लागेको हो ।
उक्त रणनीतिक योजना जिल्लामै पहिलो पटक निर्माण हुन लागेको बालकल्याण समितिले जानकारी दिएको छ ।
जिल्लामा बालविवाह, बालबालिका ओसार पसार र बालश्रमिक जस्ता समस्याहरू जटिल बन्दै गएपछि यस्तो रणनीतिक योजना निर्माण गर्न लागिएको बालबालिका क्षेत्रमा काम गर्ने संस्थाहरूले बताएका छन् । जिल्लाको परिस्थिति अनुसार अब बालबालिकाको अबस्था अनुसार
बन्न लागेको रणनीतिक योजना यही आर्थिक वर्षदेखि नै लागू गरिने जिल्ला बालकल्याण समिति रुकुमले जनाएको छ । जिल्लाको कुल जनसंख्याको ४८ प्रतिशत जनसंख्या बालबालिकाको रहेको छ ।
रुकुममा द्धन्द्ध प्रभावित बालबालिका ८ सय ३८ जना बाल श्रमिक २७ जना, संरक्षक बिहिन बालबालिका १ सय १८ र शिक्षावाट बञ्चिमत ५ हजार ७ सय ६२ जना बालबालिका रहेका छन् ।
प्रकाशित मिति २०७२ असोज २० गते बुधवार
Comment Here!