१२ जना महिलामा टाइफस देखियो


दुई जनाको मृत्यु

प्रकाशित मिति :2015-10-07 11:31:07

महिला खबर 

कैलाली, असोज २० । कैलालीमा १५ जनामा नयाँ रोग टाइफस पोजिटिभ देखिएको सेती अञ्चल अस्पतालले जनाएको छ । अस्पतालले साउन महिनामा बिरामीको रगत सङ्कलन गरेको थियो ।

अस्पतालले ३१ जना बिरामीको रगत परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाडौंमा पठाउँदा १५ जनामा टाइफस पोजिटिभ देखिएको अस्पतालका मेडिकल निरिक्षक डा. गणेश बहादुर सिंहले जानकारी दिनुभयो । अस्पतालमा टाइफसका विरामीमा महिला बढी रहेको डा.सिंहले बताउनुभयो ।

IMG_1128

१५ जना मध्ये १२ जना महिला र ३ जना पुरुष रहेको सेती अञ्चल अस्पतालकी मेडिकल वार्ड इन्चार्ज यशोदा ढकालले बताउनुभयो । उनीहरू उपचार पाएर घर गइसकेको ढकालले जानकारी दिनुभयो ।

हालै पनि टाइफस पोजिटिभको शंका लागेर २२ जनाको रगत जाँचको लागि काठमाडौं पठाइएको र उनीहरूको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

टाइफस रोगवाट असोज ८ गते कृष्णपुर कञ्चनपुरकी २५ वर्षीय लक्ष्मी चौधरी र भदौ २६ गते कैलालीस्थित उर्माकी १६ वर्षीय मिना सार्कीको ज्यान गएको अस्पतालले जनाएको छ । उनीहरूको उपचारकै क्रममा ज्यान गएको डा.सिंहले जानकारी गराउनुभयो ।

IMG_1127

डा.सिंहका अनुसार टाइफसका बारेमा थाहा भएपनि मानिसमा यो पहिलो पटक देखिएको बताउनुभयो । उहाँले मुसा, बिरालो, खरायो, कुकुर लगायतका जनावरमा हुने उपियाँ, उडुस, जुम्राले मानिसलाई टोकेमा व्याक्टेरियाका कारण टाइफस रोग देखापर्ने उहाँको भनाइछ ।

यो रोग लागेको बिरामीमा अचानक उच्च ज्वरो, टाउको, माँसपेशी दुख्ने, बान्ता हुने, झाडापखाला जस्ता लक्षण देखा पर्दछ । त्यस्तै, पेट तथा पछाडिपट्टि बिबिरा आउँछ र खुट्टासम्म सर्दै जान्छ ।

डा.सिहले भन्नुभयो ‘यो रोग लागेपछि समयमै उपचार हुन नसके बिरामीको मृत्यु हुन्छ ।’ टाइफसले कलेजो, मृगौला, दिमाग, फोक्सोमा असर गरेरपछि मान्छे बेहोस् हुने गर्दछ ।

प्रकाशित मिति २०७२ असोज २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: