कुपोषित बालबालिका र आमाका लागि पोषणगृह


प्रकाशित मिति :2015-10-07 11:48:16

महिला खबर 

बुटवल, असोज २० । १४ वर्षमुनिका कुपोषित बालबालिका र उनका आमालाई राखेर निशुल्क पोषणयुक्त खानेकुरा पकाउन र खुवाउन सिकाउने उद्देश्यले बुटवलमा पोषण पुर्नस्थापना गृह खुलेको छ । पोषण पुर्नस्थापना गृह बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा सञ्चालन भएको छ ।
आमाहरूले पोषणयुक्त खानेकुरा खुवाउनेबारे नजान्दा बालबालिकामा कुपोषण भएको भन्दै आमालाई राखेर उपचार गराउने गरिएको इन्चार्ज रञ्जु क्षेत्री बताउँनुहुन्छ ।

          बुटवलमा रहेको पोषण पुर्नस्थापना गृहमा आफ्ना कुपोषित नानीबाबुलाई उपचार गर्न ल्याएका आमाहरू

        बुटवलमा रहेको पोषण पुर्नस्थापना गृहमा आफ्ना कुपोषित नानीबाबुलाई उपचार गर्न ल्याएका आमाहरू

यो गृहले स्थानीय स्तरसम्म आमाहरूलाई पोषणबारे जनचेतना जगाउने र कुपोषित बालबालिकालाई उपचारका लागि ल्याउने काम गर्दछ । पुर्नस्थापना गृहमा ४ जना नर्स र १ जना इन्चार्ज सहित ११ जना कर्मचारी रहेका छन् । नेपाल युथ फाउण्डेशन र नेपाल सरकारको बालस्वास्थ्य महाशाखाको समन्वयमा यो पुर्नस्थापना २ वर्षअघि खोलिएको हो ।

गृहले अहिलेसम्म ४ स्थानमा पोषण शिविर चलाएको छ । जसमा अहिलेसम्म १ सय ३१ जना बिरामी उपचारका लागि भर्ना भएका छन् । बालबालिकालाई कुपोषणबाट बचाउन ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्छ । यसपछि थोरै–थोरै गर्दै आमाको दूधसँगै जाउलो, लिटो, गेडागुडी, फलफूल, दाल, भात, अण्डा, मासु खुवाउनुपर्ने पोषण पुर्नस्थापना गृह प्रमुख क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति २०७२ असोज २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: