गायिकाको दशैं


प्रकाशित मिति :2015-10-07 12:11:06

कविता श्रेष्ठ

हिन्दु धर्मावलम्बीको महान चाड दशैं नजिँकिदै छ । पारिवारीक जमघटका लागि उपयुक्त यो चाडमा आफूले सक्नेसम्मका योजना सवैले बनाउँछन् । नेपाली कलाक्षेत्रमा आवद्ध कतिपय व्यक्तित्वहरूले परिवारसँग बसेर दशैं मनाउने योजना बनाएका छन्, कतिले विदेशमा मनाउँदैछन् । महिला खवर डटकमले यो वर्षको दशैं कसरी मनाउँदैछन् भनेर केही गायिकासँग कुरा गरेको छ ।

hari devi koirala

दशैंले हुँदा खाने र हुनेखाने वीचको खाडल पुर्नुपर्छ :प्राज्ञ हरिदेवी कोइराला

दशैंमा वर्षा थामिएको हुन्छ, न जाडो छ न गर्मी । कृषि प्रधान देशका नागरिक हामीलाई हलो, कुटो, कोदालो र हिलो माटोबाट फुर्सद मिल्ने समय हो यो । घरपालुवा पशुपन्छीको वंश वृद्धि भएको हुन्छ । यही उमङ्गमय वातावरणमा जिजीविषाकालागि टाढा टाढा देश परदेश गएका आफन्तजनसँगको मिलनले कसको मन उल्लासित हुँदैन र ! मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षणमात्र नभएर नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवसरको रुपमा पनि दशैंंको महत्व रहेको छ । निधारमा रातो टीका, जमरा र मान्यजनको आर्शिवादले दशैंमा थप उर्जा प्रदान गरेको हुन्छ । दशैंंको हरेक पाटोको छुट्टै मर्म छ । यी सकारात्मक पक्षले हाम्रो संस्कृतिको सबल पक्षलाई प्रष्ट पार्छ । दशै‌ंको हरेक पक्ष सुन्दर छ । दशैंको नाममा हुने खोक्रो अडम्बरको भने म विरोधी हुँ । यसले गरीब र धनीबीचको खाडलको सिर्जना गरेको छ । हुनेको मात्र होइन हुँंदा खानेको पनि दशैं हुनुपर्छ भन्ने मेरो मान्यता हो । दशैं सहज होस्, सरल होस् , विकृति , विसंगतिमुक्त होस मङगलमय शुभकामना !

11855609_10153575905449602_8542578571850796388_nबलि दिएको मन पर्दैनः रक गायिका अभया सुब्बा
पारिवारिक भेटघाट, मिलनको अर्को नाम हो, विजया दशमी । टिका र जमरा लगाउने, खुशी साटासाट गर्ने, मनसँग मन मिलाउने पर्व दशैंंमा मारकाट वा बली प्रथा भने मलाई मन पर्दैन । संस्कृतिको जगेर्ना गर्दै विकृति हटाउनुपर्छ । ऋण लिएर चाडपर्व मनाउने चलन हाम्रो समाजमा छ । हुने खानेका लागि दशैंं होला तर हुँदा खानेका लागि भने दशा बनेको छ । मैले दशैंंसँग सम्बन्धित गीत बनाएको पनि छु ।

दशैंं आयो ! दशैंं आयो !
घरमा नयाँ टि.भी ल्याउनै पर्छ ,नयाँ नाना किन्नैपर्छ !
आमाबुवालाई खुशी राख्नैपर्छ !!!
सबै जनाले दशैंं सहज, सरल ढङ्गले मनाआैं, मनमा रहेका रिस राग हटाएर नयाँ सम्बन्धको सुरुवात गरौं ।

unnamed (2) (4)दशैंमा आफ्ना खराब बानी छोड्ने प्रण गरौं :लोकगायिका सुनिता दुलाल
दशैं उत्साह र शक्तिको समन्वय गराउने उत्सव हो । दशैंं विजयको उत्सव हो । मलाई दशैंसँगै सुरुवात हुने मौसम अत्यन्त मनपर्छ । सफा हावापानी, खुल्ला आकाश, चारैतिर हरियालीले दशैंको आगमनलाई स्वागत गरेको हुन्छ । दशैंमा होहल्ला गर्ने , रक्सी खाएर झैझगडा गर्ने प्रवृति मन पर्दैन । दशैं तास, जुवा नखेलिकनै, जाँड(रक्सी नखाएरै अनि हिंसा, हत्या नगरीकनै पनि मनाउन सकिन्छ । हिजोआज कतिपय मानिसले पशुबलिको सट्टा दशैंंमा नरिवल फोर्ने गरेको पनि देखिएको छ । हामीले आफ्ना खराव बानी, कुलत, गलत प्रवृत्तिलाई सदाको निम्ति छाड्ने प्रण गरेर दशैंं मनाउन सकिन्छ । खराव प्रवृत्तिको बलि दिनसके स्वतः हामीमा असल विचार र असल भावना पलाउाछ र हाम्रो जीवन सुखमय र समृद्ध हुन्छ । दशैंंमा हामी सुख, शान्ति र समृद्धिको कामना पनि गर्छौ । यदि त्यसलाई साकार तुल्याउने हो भने आसुरी प्रवृत्तिको बलि चढाउनै पर्छ ।

Milanस्त्री शक्तिको महिमा हो दशैं :आधुनिक गायिका मिलन अमात्य
दशैंमा भ्याइ नभ्याइ नै छ मलाई । यस पटकको दशैंमा मेरो काठमाडाैं, चितवन र भारतमा बिभिन्न सांगीतिक कार्यक्रम छन् । यसमा म व्यस्त हुन्छु । दशैंमा देवीको पूजा हुन्छ । स्त्री शक्ति महिमा र चर्चा हुन्छ । यो राम्रो पक्ष हो । तर देवीको नाममा पशुको बलि दिने प्रथा भने मलाई मन पर्दैन । हाम्रो नेपाली समाजमा माछामासु अनि बढी मसलेदार खाना खाने चलन छ । म यसको विरोधी हुँ । आर्शिवाद लिनु, पारिवारिक भेटघाट, खुशीयाली साटासाट गर्नुले दशैंलाई अझ विशेष बनाँउछ । दशैंमा भुइ छोड्नु पर्छ भन्ने मान्यता अनुरुप यसपाली पनि म पिङ खेल्छु । बाल्यकालमा म दक्षिणाको लागि आफन्तको घरघरमा टिका लगाउन पुग्थें ,अहिले व्यस्तताका कारण साथीभाइसँग भेटघाट हुन सकिरहेको छैन । यस पटकको दशैंमा समय निकाल्ने सक्दो प्रयास गर्ने छु ।

unnamed (1) (6)यसपालीको दशैं अष्ट्रेलियामा :लोकगायिका मन्जु पौडेल
यस वर्ष देशको स्थितिको कारणको दशैं निरस छ । तर यसपालि म अस्टेलियामा दशैं मनाउँछु । दशै नमनाएको दुई वर्ष भयो । तीजको समयमा पनि म बेलायत र दुबईमा थिएँ । अहिले राजु परियारसँग गीत गाउँदैछु । भिडियोको सुटिङ पनि गरियो । दशैं मलाई मन पर्ने चाड मध्येको एक हो । चाडपर्वको बेला देश, विदेशबाट शुभचिन्तकको शुभकामना, माया आउँछ, खुशी लाग्छ । दशैं भन्ने बित्तिकै सबैभन्दा पहिले सेलरोटीको याद आँउछ । सेलरोटी र अचार मलाई मनपर्ने खाना हो । रातो टिका, जमरा, मासुका परिकारको सम्झना अझै पनि मेरो मन– मस्तिष्कमा आइरहन्छ ।

प्रकाशित मिति :२०७२ असाेज २० गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: