राष्ट्रिय महिला आयोग क्षेत्रिय अनुगमनमा


प्रकाशित मिति :2015-10-07 12:09:20

महिला खबर

पोखरा, असोज २० । स्थानिय निकायमा महिला हिंसा र महिला अधिकारको अवस्था बुझ्न राष्ट्रिय महिला आयोगका प्रवक्ता मनु हुमागाइ सहितको टोली क्षेत्रीय अनुगमनका लागि पोखरा आइपुगेको छ ।

क्षेत्रिय तहमा महिला सिड, यू.एन.एस.सी आर (१३२५) र यू.एन.एस.सी आर (१८२0) को कार्यान्वयनको स्थितिका बारेमा अनुगमन गर्न पोखरा आइपुगेको आयोगका प्रवक्ता मनु हुमागाइले महिला खबरसँगको कुराकानीमा बताउनु भयो ।

कास्की जिल्लाका विभिन्न सरकारी कार्यालय जिल्ला प्रशासन, जिल्ला विकास समिति, महिला विकास कार्यालय, घरेलु, शिक्षा, स्वास्थ्य, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयहरूमा अनुगमन गरिने हुमागाइले जानकारी दिनुभयो ।

विशेष गरी यी निकायहरूमा आमाको नामबाट नागरिकता लिने प्रावधान र देखिएका जटिलताहरू, प्राकृतिक विपदपछि महिला हिंसाका घटनाको अवस्था, स्थानीय निकायमा लैगिंक हिंसाविरुद्ध उजुरी लिने डेस्क स्थापना र कार्यान्वयनको अवस्थाको जानकारी लिने हुमागाइले बताउनुभयो ।

यसैगरी अनुगमन टोलीले महिला स्वास्थ्य र त्यस सम्बन्धि कार्यक्रमको प्रभावकारीता, शिक्षा क्षेत्रमा महिलाको अवस्था, महिला लक्षित सिप मुलक तालिम कार्यक्रम एवं कार्यान्वयनको अवस्था, जिल्ला प्रहरी कार्यालयमा महिला सेवा केन्द्र गठन र हिंसा न्यूनिकरणको पहलबारेमा प्रश्नात्तर सहित विवरणलिनेछ ।

विद्यमान ऐनमा व्यवस्था भए अनुसार काम भए नभएको बारेमा पनि अनुगमन गरिने र प्राप्त तथ्यांकको आधारमा आयोगले कार्ययोजना बनाएर अघि बढ्ने प्रवक्ता हुमागाइले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ असोज २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: