बालबालिकामाथि हुने हिंसा विरुद्ध बाल भेला


प्रकाशित मिति :2015-10-07 15:21:27

दुर्गा देवकोटा

टीकापुर, असोज २० । बालबालिकामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने उद्देश्यले कैलालीको पथरैयामा बाल भेला सम्पन्न भएको छ ।
बाल भेलामा बाल यौनदुव्र्यहार, बालविवाह, बालअधिकार र बालमैत्री वातावरण हुनुपर्ने विषयमा छलफल भएको छ ।

जिल्ला बालकल्याण समितिको सहकार्यमा गाउ“ बालअधिकार संरक्षण तथा सम्बद्र्धन समिति पथरैया र बाल सञ्जाल पथरैयाले भेला आयोजना गरेका हुन् ।  बाल सञ्जाल पथरैयाका अध्यक्ष शिबराज देवकोटाले बालबालिकाले अन्जानमै पनि थुप्रै खालका दुव्र्यवहार झेलिरहेको बताउँदै अधिकार बारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

जिल्ला बालकल्याण समिति कैलालीकी बालअधिकार अधिकृत दमयन्ती सिंहले दुई दिनसम्म चलेको कार्यक्रममा बालविवाहले पार्ने असर र यौन दुव्र्यवहार बारे बालबालिकालाई सचेत रहन सुझाव दिएको बताउनुभयो ।

उहाँले बालबालिकालाई गाविस र नगरपालिकामा बालमैत्री वातावरण हुनुपर्ने बताउँदै बालबालिका आफैं जुर्मुराउन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।  भेलाले ‘बालविवाह गर्ने छैनौैं, गर्न पनि दिनेछैनौं, बाल र्दुव्यहार गर्ने छैनौैं गर्नपनि दिने छैनौं’ भनी २ बुँदे घोषणपत्र जारी गरेको छ ।

प्रकाशित मिति २०७२ असोज २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: