राप्ती अञ्चल अस्पतालमा सेवा लिने महिला बढ्दै


प्रकाशित मिति :2015-10-07 16:16:51

महिला खबर

दाङ, असोज २०। राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार सेवा लिने महिलाको संख्या बढेको छ।

यो वर्ष तीन हजार २४० जनाले अस्पतालबाट खोप सेवा र गर्भ परीक्षण गराएका छन्। अस्पतालका अनुसार सुत्केरी सेवा लिनेको सङ्ख्या पनि बढेको छ। आर्थिक वर्ष २०७०/७१ मा अस्पतालमै आएर एक हजार ३८५ जनाले सुत्केरी सेवा लिएका थिए भने आर्थिक वर्ष २०७१/७२ मा एक हजार ५८० जनाले सुत्केरी सेवा लिएको अस्पतालकी नर्सिङ निरीक्षक रमा पराजुलीले जानकारी दिनुभयो।

उहाँका अनुसार अघिल्लो वर्षलाई तुलनामा यस वर्ष झन्डै २०० जना धेरै महिलाले सुत्केरी सेवा लिए । अस्पतालमा शल्यक्रिया सेवा सुरु भएसँगै जनचेतनाका कारणले पनि यो सेवा लिनेको सङ्ख्यामा बढेको पराजुलीले बताउनुभयो।

अस्पतालका सुपरिटेन्डेन्ट भोलाराज श्रेष्ठले दरबन्दीअनुसार जनशक्ति र भौतिक पूर्वाधार नहुँदा सोचेअनुसार सेवा दिन अझै नसकेको बताउनुभयो।

प्रकाशित मितिः २०७२ असाेज २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: