रोशनीले कहिले पाउने नेपाली नागरिकता ?


प्रकाशित मिति :2015-10-08 10:28:46

कृष्ण अधिकारी

नेपालगन्ज, असोज २१ । नेपालगन्ज उप–महानगरपालिका बस्ने रोशनी कबाडिया २६ वर्षकी भइन । तर, उनको अझै नेपाली नागरिकता बनेको छैन ।  नागरिकता बनाउनका लागि रोशन आमासँगै नगरपालिका, जिल्ला प्रशासन र कानुन व्यवसायीको अफिस धाउन थालेको ४ महिना बिति सक्यो । रोशनीको नागरिकता अझै बनेको छैन् र कहिले बन्ने हो भन्ने पनि एकिन छैन ।

रोशनीको जन्म २०४५ चैत ३ गते नेपालगन्जमा भएको थियो । नेपालगन्ज उप–महानगरपालिकाले रोशनीलाई जन्म दर्ता प्रमाण पत्र पनि दिएको छ ।  उनका बुवा रसिद कबाडिया पनि नेपाली नागरिकनै हुन । रसिदले २०६३ माघ १९ गते नागरिकता बितरणका लागि खटिएको टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । उनको नागरिकता नम्बर ६६३०१९/१९७ बाँके हो । सो टोलीले बाँकेमा करिब ८ हजार जनालाई जन्मको आधारमा नेपाली नागरिकता बितरण गरेको थियो ।

Rosani kabadiya-1

नेपाल सरकारले नागरिकता ऐन २०६३ लाई अध्यादेशमार्फत् सशोधन गरेर नागरिकता टोलीमार्फत् नागरिकता बितरण गर्दा जन्मका आधारमा नागरिकता प्राप्त गरेको मिति भन्दा पहिले जन्मेका सन्तानले वंशजका आधारमा नागरिकता    पाउने कानुनी   व्यवस्था गरेको थियो । त्यो कानुनी व्यवस्था गरेको अध्यादेश २०७० चैत १२ पछि निस्कृय भयो ।

अध्यादेश निस्कृय भएको जनाउँदै गृह मन्त्रालयले ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई सकुलर जारी गर्दै २०७० चैत १२ पछि जन्मका आधारमा नागरिकता प्राप्त गरेको मिति भन्दा पहिले जन्मेका सन्तानलाई वंशजका आधारमा नागरिकता जारी नगर्ने निर्देशन दियो ।

 सो निर्देशनका कारण विगत २ वर्षदेखि जन्मका आधारमा नागरिकता लिनु भन्दा पहिले जन्मेका सन्तानहरूले उमेर पुगे पनि नागरिकता पाउन सकेका छैनन् । त्यसैको मारमा रोशनी जस्ता बुवाले जन्मको आधारमा नागरिकता पाउनु भन्दा पहिले जन्मेका सन्तानहरू परिरहेका छन् ।

?????????????

नागरिकता ऐन २०६३ लाई अध्यादेश मार्फत सशोधन गरेर लागूगरिएको कानुनी व्यवस्था अध्यादेश नै निस्कृय भए पछि खारेज भएका कारण त्यस्ता ब्यक्तिहरूले नागरिकता पाउन नसकेको जिल्ला प्रशासन कार्यालय बाँकेका सुचना अधिकृत बिष्णु सहानीले बताए ।

नेपालको नयाँ संबिधानको दफा ११ को उप दफा ३ बमोजिम यो संबिधान प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुबै नेपाली नागरिक रहेछन भने निज बालिक भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रष्ट व्यवस्था गरिएको छ ।

नयाँ संबिधान अनुसार रोशनीले नेपालीको नागरिकता पाउने बाटो खुलेको भए पनि संबिधान अनुसार ऐन तथा नियमाबली बनि नसेकाकारण रोशनी जस्ता हजाराैँ सन्तानले नागरिकता पाउनका लागि अझै केही समय भने कुनै पर्ने देखिएको छ ।

प्रकाशित मिति २०७२ असोज २१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: