सामाजिक सद्‌भाव कायम गर्न महिलाकाे अग्रसरता


प्रकाशित मिति :2015-10-08 11:16:43

महिला खबर

नेपालगन्ज, असोज २१ । बाँकेको तीन गाविसमा सामाजिक न्याय र शान्ति सुरक्षाको लागि महिलाले अग्रसरता देखाएका छन् । विगतमा सशस्त्र द्वन्द्वबाट प्रभावित बैजापुर, बिनौना र कचनापुर गाविसमा मेलमिलाप तथा विकास मञ्चमा आवद्ध महिलाले यस्तो अग्रसरता देखाएका हुन् ।

थारु र पहाडी समुदायको बसोवास रहेको यी गाविसमा अहिले दुवै समुदायका बीचमा सामाजिक सद्‌भाव र शान्ति सुरक्षा कायम गर्न मेलमिलाप तथा विकास मञ्च मार्फत् महिलाले ठूलो भूमिका निर्वाह गरिरहेको वैजापुरकी सामाजिक अगुवा लक्ष्मी चौधरीले बताउनुभयो ।

सेफरवर्ल्डसँगको सहकार्यमा इन्सेक, बहुमुखी सेवा केन्द्र, सिविन लगायतका संघसंस्थाले सञ्चालन गरेको साझा बुझाईका लागि सामुदायिक पहल कार्यक्रम अन्तर्गत गठित मेलमिलाप तथा विकास मञ्चमा तीनवटै गाविसका अगुवा द्वन्द्व पीडित, हिंसा पीडित र उत्पीडित दलित समुदायका महिला तथा पुरुषको सहभागिता रहेको छ ।   बैजापुरकी अगुवा लक्ष्मी चौधरीले भन्नुभयो ‘मञ्चमार्फत गरिएका क्रियाकलापबाट समाजमा जागरूकता ल्याएको छ, सबैमा आपसी एकता र सद्‌भाव कायम गरेको छ ।’

उहाँले दिदी बहिनीहरूलाई साक्षर बनाउने, अन्यायमा परेकालाई न्याय दिलाउने, सम्भावित हिंसाका वारेमा सचेत गराउने र बचत गर्न सिकाउने जस्ता क्रियाकलापले दुवै समुदायलाई एकतावद्ध बनाएको बताउनुभयो ।

सामाजिक तथा आर्थिक विकासको लागि सामूहिक एकता र सहकार्य गर्न आफूहरूलाई सघाउ पुगेको कचनापुरकी दीपा गिरीको अनुभव छ । ‘अन्यत्र विभिन्न जातजाती र सम्प्रदायका नाममा विवाद भएपनि हामी थारु पहाडीबीच त्यस्तो कुनै अनुभूतिनै हुन दिएनौँ । सामाजिक सद्भाव र शान्ति सुरक्षाको लागि महिला दिदी बहिनी एकजुट छौँ ।’

अहिलेको जटिल परिस्थितिमा महिला समूले सामाजिक सद्भाव र आपसी एकताको लागि गरेको पहल प्रसंशा योग्य रहेको बिनौना गाउँ विकास समितिका सचिव इन्द्रमणी ढकालले बताउनुभयो ।

अहिले तीनवटै गाविसमा मञ्चमा आवद्ध सदस्यहरूले बचत कार्यक्रम सञ्चालन गरेका छन् । त्यसलाई व्यवस्थित गराउन मञ्चबाट सिफारिस भएका द्वन्द्वपीडित, महिला हिंसा, अति विपन्न र जोखिममा परेका ३० जनालाई तीन दिने समूह व्यवस्थापन, लेखा र नेतृत्व विकास तालिम प्रदान गरिएको बहुमुखी सेवा केन्द्रका अध्यक्ष प्रभातकुमार ठकुरीले  जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ असोज २१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: