महिला खबर
पोखरा, असोज २१ । सर्पले डसेर स्याङ्जाको ढापुक सिमल भञ्जाङकी ५० वर्षीया निरमाया थापाको मृत्यु भएको छ । थापाको पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबार राती पुतलीबजार नगरपालिका ९ लामागेमा चितुवाको आक्रमणबाट ४० वर्षीया देवकी भण्डारी घाइते भएकी छिन् ।
घाइते भण्डारीको पोखास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको आफन्तले जनाएका छन् । करिब रातको १२ बजे घरको मुलढोका बन्द गर्ने क्रममा उनलाई चितुवाले एक्कासी आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएको छ । आक्रमण गरेको चितुवा घरभित्र पसेर छतबाट हाम फालेर भागेको थियो ।
प्रकाशित मिति २०७२ असोज २१ गते बिहीवार
Comment Here!