पेट्रोलको लागि सडकमै सुते महिला


प्रकाशित मिति :2015-10-08 14:07:33

सृजना अर्याल

चितवन, असोज २१ । भारतले गरेको अघोषित नाकाबन्दीकाकारण सहज रुपमा पेट्रोल नपाएपछि चितवनका महिला स्कुटरमा पेट्रोल भर्न रातभर लाइनमा बस्नुका साथै सडक पेटीमै सुतेर रात गुजारेका छन् ।

स्थानिय प्रशासनले पेट्रोल वितरणमा महिलाको लागि छुट्टै लाइन लगाउने निर्देशन दिएपछि नारायणगढको पुलचोकमा रहेको कैलाश आइल र भरतपुरमा रहेको गौरीशंकर आयलमा महिला रातभर लाइनमा बसेका हुन ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिहंले महिलाको सुरक्षालाई ध्यानमा राखेर छुट्टै लाइनको व्यवस्था मिलाएको बताउनुभयो ।  चितवनमा महिलाले धेरै सवारी साधन प्रयोग गर्ने भएकाले महिलाको छुटै लाइन बनाउनु पर्ने सुझावका आधारमा पहिलो पटक पेट्रोलका लागि छुट्टै लाइनको व्यवस्था गरेको प्रमुख सिहंको भनाइ छ ।

12072765_543699202446071_2294328026280066668_n

पुलचोकमा रहेको कैलास आयलबाट मात्रै महिलाले ५ सय लिटरभन्दा बढि पेट्रोल लिएको जिल्ला ट्राफिक कार्यलय चितवनका प्रहरी सहायक निरिक्षक कृष्ण ठकुरीले जानकारी दिनुभयो ।

महिलाका लागि छुटै लाइनको व्यवस्था भएकोमा व्यवसायी अप्सरा श्रेष्ठले खुशी प्रकट गर्दै भन्नुभयो ‘ पेट्रोलका लागि महिलाको छुट्टै लाइनको व्यवस्था गरिएको सुनेपछि लाइन बस्न आए । रातभर लाइनमा बसेर तेल पनि पाए ।’ यो भन्दा पहिले महिला पेट्रोलका लागि रातमा लाइन बसेका थिएनन् ।

प्रकाशित मिति २०७२ असोज २१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: