सरिताको हत्या कि आत्महत्या ?


प्रकाशित मिति :2015-10-08 15:32:05

निर्मला ठकुराठी

ललितपुर, असोज २१। ललितपुरको ठूलादुर्लुङ गाविस बालुवाडाँडाकी सरिता तिमल्सिनाको आत्महत्या नभइ हत्या भएको आशंका उनका माइती पक्षले गरेको छ। गत १७ गते आईतबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी साढे चार महिनाकी गर्भवती तिमल्सिनाकोे मृत्यु रहस्यमय भएको भन्दै परिवारले आशङ्का गरेपछि उनका श्रीमान उपेन्द्र घिमिरेलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

७ महिना अघि तिमल्सिना र घिमिरेले आफूखुशी विवाह गरेका थिए। १९ वर्षीया तिमल्सिनालाई आईतवार घर नजिकै पाखामा रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो। मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको र रिपोर्ट आएपछि मात्रै प्रारम्भिक जानकारी अनुसार अनुसन्धान कार्य अगाडी बढाउने चापागाउँ प्रहरीले जनाएको छ।

मृतकका फुपुका छोरा राजन प्रसाद बञ्जराले आफ्नी बहिनीको हत्या भएको हुनसक्ने बताउनुभयो। ‘बहिनीको शरीर भरी पोलेको फोकाहरू छन्, छाला पुरै खुइलिएकाे छ । हामीले त्यसको पनि मेडिकल रिपोर्ट मागेका छौ। मृतकको घाँटीमा पनि एउटा डोरीको निसाना पहिले नै थियो र पछि झुन्डिएको डोरीको निसाना अर्कै छ’ बन्जाराले भन्नुभयो। ‘एउटा डोरीले पासो लाएको भए दुइ ओटाको निशाना कसरी आयो ?’ उहाँ भन्नुहुन्छ।

बन्जाराले बहिनीको आधा शरीर भुइमा लत्रिएको भन्दै बसेर घाँटीमा डोरी लगाएजस्तो देखिएको बताउनुभयो। यी कुराले बहिनीले आत्महत्या गरेका भनेर पत्याउन नसकिने उहाँको भनाइ छ । डाक्टरले पनि प्रहरीको मुचुल्काको फोटोकपी, घट्नास्थलको फोटो अनि बहिनीको मोवाइलमा गएको म्यासेज मागेको बन्जाराले बताउनुभयो। अहिले प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेकाले पोष्टमार्टम रिपोर्ट आएपछि पुन दर्ता गर्ने तयारीमा माइती पक्ष रहेको छ।

प्रकाशित मितिः २०७२ असाेज २१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: