महिला खबर
एजेन्सी, असोज २२ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी लेखिका स्वेतलाना अलेक्सविचलाई दिइने भएको छ ।
उनको लेखले समकालीन विश्वको पीडा र साहसको प्रतिनिधित्व गरेकाले नोबेल पुरस्कार समितिले स्वेतलानालाई साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो । ६७ वर्षीया स्वेतलानाले राजनीतिक विषयमा बढी लेख्ने गरेकी छन् । उनी पत्रकारितामार्फत साहित्य लेखनमा प्रवेश गरेकी हुन् ।
उनको जन्म ३१ मे सन् १९४८ मा युक्रेनमा भएको थियो । बसाइँ सरी उनी बेलारुस अएकी हुन् । उनको पहिलो उपन्यास ‘द अनवुमन्सली फेस अफ द वार्स’ सन् १९८५ मा प्रकाशित भएको थियो । उक्त पुस्तकले महिलाहले नाजी जर्मनहरूविरुद्ध गरेको सङ्घर्षका कथा समेटेको छ ।
सन् १९०१ देखि सुरु भएको साहित्यतर्फको नोबेल पुरस्कार पाउने उनी १४ औं महिला हुन् । यसअघि क्यानाडाकी एलिस मुन्रो सन् २०१३ मा साहित्यतर्फको नोबेल पुरस्कार पाएकी थिइन् ।
प्रकाशित मितिः २०७२ असाेज २२ गते शुक्रवार
तस्बिरः द गार्जियन
Comment Here!