सुमित्रा केःसी
रुकुम, असोज २२ । रुकुमको रुकुमकोटमा महिलाले तीनवटा खानेपानीका धारा निर्माण गरेका छन् । तरवरा महिला सामूदायिक वन उपभोक्ता समिति रुकुमकोटका महिलाले खोला खेतमा खानेपानीको धारा निर्माण गरेका छन् । महिला सामूदायिक वन उपभोक्ता समितिका महिलाले दुई वटा नुहाउने र एउटा खानेपानीको धाराको धारा निर्माण गरेको तरवरा महिला समितिका अध्यक्ष तेजकुमारी मल्लले बताउनुभयो ।
खानेपानीको धारा निर्माणपछि बाटो हिड्ने यात्रुहरू र २० घर धुरीले प्रत्यक्ष लाभ लिएको अध्यक्ष मल्लले बताउनुभयो । महिला वन समूहको ६० हजार र समूहका महिलाले गरेको ४० हजार बराबरको श्रमदान गरी करिब एक लाखको लगानीमा उक्तधाराहरू निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
आफ्नो गाउँआफै बनाउँ भन्ने अभियानलाई सार्थकता दिएर महिलाले गरेको प्रसंशा योग्य कामले अरुको लागि पनि पाठ सिकाएको रुकुमकोटका जेष्ठ नागरिक शेरबहादुर मल्लले बताउनुभयो । खानेपानीका धारा निर्माणपछि रुकुमकोट बासीहरूले महिला समूहलाई धन्यवाद दिएका छन् ।
प्रकाशित मिति २०७२ असोज २२ गते शुक्रवार
Comment Here!