मध्यपश्चिममा मानव बेचविखन बढ्दो


प्रकाशित मिति :2015-10-09 12:02:25

महिला खबर 

नेपालगन्ज, असोज २२ । मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाको संख्या बढेपनि मध्यपश्चिममा मानव बेचविखनका घटनामा कमि आउन सकेको छैन । बाँकेको नेपालगन्जस्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा माइती नेपाल, साथी संस्था लगायतका आधा दर्जन बढी संस्थाहरू क्रियाशील छन् ।

मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले आर्थिक वर्ष २०७१/०७२ मा मध्यपश्चिमका विभिन्न जिल्लाबाट भारत जाँदै गरेका ५ सय ९ जनालाई नेपालगन्ज नाकाबाट उद्दार गरेको हो ।

गत वर्ष ४ सय ४ जनालाई उद्दार गरिएको थियो । उनीहरूलाई सीमानबाट उद्धार पश्चात आफन्तको जिम्मा लगाईएको माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा सीमा नाकाबाटै ३ सय ६८ जनालाई परामर्श दिई फिर्ता गरिएको छ ।

गएको १२ महिनामा नेपालगन्ज नाकाबाट ५ सय ३ जनालाई माईती नेपालले मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराएको छ । मानव बेचविखनविरुद्ध कामगर्ने संस्थाहरूको संख्या बढे पनि मानव बेचविखनका घटनामा कमी आउन सकेको छैन ।

गत आर्थिक वर्षमा मात्रै माइती नेपाल नेपालगन्जमा ३ सय ७३ जना महिलालाई खोजतलासको लागि निवेदन परेको छ । अघिल्लो आर्थिक वर्षमा ३ सय २८ निवेदन परेको थियो । ३ सय ७३ निवेदन मध्ये ४० जनामात्रै फेला परेको माइती नेपाल नेपालगन्जका संयोजक कोईरालाले बताउनुभयो ।

माइती नेपाल नेपालगन्जले श्रम र यौन शोषणमा परेका २० जनालाई गत आर्थिक वर्षमा उद्दार गरेको छ । माईती नेपालले मानव बेचविखन बिरुद्ध जनचेतना फैलाउने,सिमानामा सिमा निगरानि गर्ने, जोखिमपूर्ण यात्रामा रहेका महिला बालबालिकालाई उद्दार गर्ने आवश्यक परामर्श प्रदान गर्ने,बेचविखनमा परेका महिला बालबालिकको उद्दार, पुनस्थापना, खोजतलास लगायतका कार्य गर्दै आएको छ । यसैगरी साथी संस्थाले गत आर्थिक वर्षमा जोखिमपूर्ण यात्रामा रहेका १५३ महिला र ३० जना पुरुषलाई उद्धार गरेको छ ।

यो अवधीमा १ हजार ६४ जना पुरुष र ६४ जना महिलालाई सुरक्षित बसाई सराई सम्बन्धी परामर्श दिएको छ । साथी संस्थाको पुनस्र्थापना गृहमा अहिले तीन बालिका सहित १४ महिला रहेको साथी संस्थाकी क्षेत्रीय संयोजक कमला पन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ असोज २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: